७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी अरेबियाली राजपरिवारका तीन वरिष्ठ सदस्य पक्राउ

रियाद – साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ। यी तीन जनालाई शुक्रबार बिहान नै पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्ति भएको जनाइएको छ । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ। सन् २०१७ मा युवराजले मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए। सन् २०१६ मा युवराज घोषणा गरेपछि सलमानले देशका शासन गर्दै आउन भएको पाइन्छ। गिरफ्तार गरिएका तीन पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुल अजिज, पूर्वयुवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन्।

मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए। शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका जनाइएको छ। असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६ मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भएको थियो।

पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ। विदेशी तीर्थयात्रुहरूलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ। यस्तै, हज हुने/नहुनेबारे अन्योल छ। गत बिहीवार इस्लाम धर्मावलम्बीहरूको पवित्र सहर मक्कालाई पूर्णरूपमा सफा गर्न खाली गरिएको थियो।

प्रकाशित: २५ फाल्गुन २०७६ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App