७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

छ किलो सुनसहित भारतीय पक्राउ

हेटौंडा- मकवानपुर प्रहरीले ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिनीग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बाट भारत कर्नाटक बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले पक्राउ गरेको हो।

वडा नम्बर १५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेकोे यात्रुबाहक बसमा चेकजाँच गर्दा अब्दुलको साथबाट उक्त परिणामको सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक सुशीलसिंह राठौरले बताए। उनका अनुसार बरामद सुनको बजार मूल्य ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७६ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App