१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

८ जना चिनियाँ नागरिक पक्राउ

गोरखा - केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पर्यटक भिजामा आएकाहरु काम गरिरहेका भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

विदेशी नागरिक एउटा प्रयोजनमा कागजात बनाएर नेपाल भित्रने र अर्कै काम गर्ने गरेपछि निगरानी बढाइरहेका बेला आरुघाट गाउँपालिका ३ सोतीबाट उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

नौलो नेपाल हाईड्रोपावर कम्पनी अन्र्तगत अपरबुढीगण्डकी जलविद्यूत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ट्याङ गुवागलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, साङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर सोमवार साँझ गोरखादेखि अध्यागमन पठाइएको प्रजिअ पौडेलले बताए।

उक्त हाईड्रोपावरमा १५ भन्दाबढि चिनियाँ नागरिक काम गर्दै आएका थिए। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले गोरखा रहेर काम गर्ने आधिकारिक कागजात बुझाउन भनेको थियो। लामो समयसम्म चिनियाँ नागरिकले कागजात बुझाउन नसकेपछि केही काम छाडेर भागेका थिए भने बाँकी ८ जनालाई सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App