७ आश्विन २०८१ सोमबार
image/svg+xml

गमला फुटाउने दुई जना पक्राउ

भक्तपुरको दतात्रयमा रहेका गमलाहरु फुटाउने दुई जना उच्छृङ्खल व्यक्तिहरुलाई प्रहरीले गिरप्mतार गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नं. ७ का रिजन लागे र वडा नं. १० का रमेश सुवाल छन्।

दश लाख नगदसहित दुई भारतीय पक्राउ

सशस्त्र प्रहरी बल नेपाल भारत सीमामा कडाइ गर्न थालेको छ। भारतबाट नेपाल आउने र नेपालबाट भारततिर जाने नागरिकमा सशस्त्र प्रहरीले कडाइ गर्न थालेपछि एक हप्तामै करिब तीस लाख रुपैयाँ बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिन सफल भएको छ।

साढे १३ किलो चरेशसहित चार महिला पक्राउ

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानबाट साढे १३ किलो चरेशसहित चार महिला पक्राउ परेका छन्। कृष्णनगरबाट साढे ७ किलो चरेशसहित ३ महिला तथा शिवराज नगरपालिका–५ चैनपुरबाट ६ किलो चरेशसहित एक जना पक्राउ परेका हुन्।

जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

सर्वोच्च अदालतको सरकारी छाप तथा दस्तखत किर्ते तथा सार्वजनिक जग्गा हिनामिना प्रकारणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ भने अर्को एक जनालाई पक्राउ पुर्जी जारी गरेको छ।

सार्वजनिक जग्गा हिनामिना गर्ने थप एक पक्राउ, अर्का एकलाई पक्राउ पूर्जी जारी

सर्वोच्च अदालतको सरकारी छाप दस्तखत किर्ते गरेर सार्वजनिक जग्गा हिनामिना गर्ने प्रकारणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ भने अर्को एक जनालाई पक्राउ पूर्जी जारी गरेको जनाएको छ। पक्राउ पर्नेमा भक्तपुर निवासी सुरेश तिमिल्सिना रहेका छन् भने प्रद्युम्नराज पाण्डेलाई पक्राउ पूर्जी जारी गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले बताएका छन्।

घुससहित वडा अध्यक्ष र कार्यालय सहयोगी पक्राउ

रुपन्देहीमा घुससहित दुई जना पक्राउ परेका छन्। सम्मरीमाई गाउँपालिका वडा नं. ५का वडा अध्यक्ष र बुटवल उच्च सरकारी वकिल कार्यालयका कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुससहित पक्राउ गरेको हो।

अवैध सुनसहित दुई पक्राउ

लहान नगरपालिका १९ छरापट्टीबाट अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने छरापट्टीका २१ वर्षिय मोहम्मद मुर्तुजा र २४ वर्षिय मोहम्मद मोतिउल रहमान छन्।

विप्लव समूहका जिल्ला इन्चार्ज अदालतबाट छुटेलगत्तै पुनः पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका सुनसरी जिल्ला इन्चार्ज तथा मेची–कोसी व्यूरो सदस्य लक्ष्मण पौड्याल सोमबार अदालतबाट छुटेलगत्तै पुनः पक्राउ परेका छन्। गत असोज ६ गते सुनसरीको इटहरीबाट पक्राउ परेर अड्डासार हुँदै उदयपुर ल्याइएका पौड्याल सर्वोच्चको आदेश बमोजिम जिल्ला अदालतबाट छाडिएकोमा तत्काल पक्राउ परेका हुन्।

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

तीनवटा चोरीको मोटरसाइकलसहित एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। चोरीको मोटरसाइकल खरिद बिक्री आरोपमा कोल्हवि नगरपालिका ६ का नारायण चौधरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। चोरीको मोटरसाइकल खरिद बिक्रि हुँदै गर्दा कोल्हवि नगरपालिका ६ बाट प्रहरीले मोटरसाइकलसहित चौधरीलाई नियन्त्रणमा लिएको बारा प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

बाबुको हत्या गरेको आरोपित पक्राउ

बाबुको हत्या गरेको आरोपमा रौतहट प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। सामान्य घरायसी विवाद बढ्दै गएपछि दुर्गा भगवती गाउँपालिका–३ देवीपर्साका राजकुमार पण्डितले गत माघ २८ गते ७० वर्षीय बुवा फेकन पण्डित कुम्हारको हत्या गरेको प्रहरीले जनाएको छ।

चोरी गर्ने पक्राउ

ललितपुरको जावलाखेलमा रहेको एक जुस पसलबाट तीन दिनअघि ३० लाख रुपैयाँसहित जिन्सी सामग्री चोरेर भाग्ने एक व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

बाबुको हत्या गर्ने छोरा पक्राउ

सामान्य घरायसी विवादका कारण आफ्नै बाबुको हत्या गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। दुर्गा भगवती गाउँपालिका-३ देवीपर्साका ७० वर्षीय फेकन पण्डित कुम्हारलाई आफ्नै छोराले हथौडा र गँडासीले प्रहार गरी निर्मम हत्या गरेको घटना सार्वजनिक भएको छ।

खबरदारी गर्ने अभियन्ता पक्राउ

लामोसाँघु–जिरी सडक खण्ड कालोपत्रे एवम् स्त्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखा जिल्लाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

सामाजिक अपराध घटाउन प्रहरी सक्रिय

जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको ४६ लाख ७९ हजार ३६२ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्