७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गमला फुटाउने दुई जना पक्राउ

भक्तपुर- भक्तपुरको दतात्रयमा रहेका गमलाहरु फुटाउने दुई जना उच्छृङ्खल व्यक्तिहरुलाई प्रहरीले गिरप्mतार गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नं. ७ का रिजन लागे र वडा नं. १० का रमेश सुवाल छन्।

रातिको समयमा मादक पदार्थ सेवन गरी दत्तात्रय मन्दिरको उकालोतिर रहेको ठूलो गमला फुटाएका उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए। सीसी क्यामेराको फुटेजका आधारमा निजहरुलाई प्रहरीले पक्राउ गरेको उनले बताए।

निजहरुबाट भक्तपुर नगरपालिकाले प्रतिव्यक्ति पाँंच हजार दरले जरिवाना गरेको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा पनि हरियाली कायम गर्न भनी नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा गमला राखी फुल रोपिराखेको थियो।

प्रकाशित: १६ फाल्गुन २०७६ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App