१४ आश्विन २०८१ सोमबार
image/svg+xml

आगोमा जलेर तीज मान्न माइत आएकी चेलीकाे मृत्यु

आगलागीमा परी तीजमा आमा बुवा भेटन आएकी नायकवाडा– २ की संगीता बोहराको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मत बोहराले बताए। मृतक वोहराको डेढ वर्षको वच्चा छ। आगलागी भएपछि घाइते चारै जना माथिल्लो तलामा पुगेर झयालबाट हामफालेर भागेर बाँच्न सफल भए भने मृतक बोहरा भने भाग्न नसकेर आगोमै जलेकी हुन्।

पशुपतिमा तीजको राैनक (फोटो/भिडियो)

पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई केही समय वर्षाले प्रभाव पारेको थियो। व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको थियो। तस्बिर र भिडियोमा हेराैं पशुपतिमा तीजको राैनकः

भड्किलो तीज!

कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई समयअनुसार सुधार्नु जरुरी छ भने देशको पहिचान बोक्ने संस्कृतिलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ।

वास्तविक तीज

व्रत बस्नेमात्र हैन, राम्रो खाने र राम्रो लाउने पर्व पनि हो तीज। कि त दशैंमा राम्रो र नयाँ लुगा लगाउँछन् नेपालीले कि त तीजमा। यहाँ नेपाली भन्नाले ती निमुखा बुझिन्छन् जो टन्न खान र राम्रो देखिने लगाउनकै लागि तीज जस्ता पर्व पर्खन विवश छन्।

तीजमा सेलिब्रेटी

तीज हिन्दुधर्मको नारीहरूको लाग विशेष पर्व हो। रातो–रातो सारी, चुरा पोतो र श्रृगाँरमा सजिएर मीठोमीठो खाएर छमछमी नाच्न पाउँदा महिला वर्षभरिको पीडा विर्सिने गर्छन। त्यस्तैमा महिला सेलिब्रेटिजहरुको व्यस्तताको वीचमा पनि तीज कसरी मनाउनुहुन्छ? भन्ने प्रश्नमा आएको भनाइको सम्पादित अंश यस्तो छ।

जसलाई कहिल्यै तीज आउँदैन

सहरबजारमा तीजको रमझम छ। हरेक सिंगार पसल होस् वा कपडा पसल– सबैतिर राताम्मे छ। रातो सारी। रातै कुर्थाका सेट। छनछन राता चुरा। झुप्पाका झुप्पा राता पोतेका लर्कना। रातै टीका अनि सिन्दूरका डिब्बा।

चम्कियो तीज बजार

नारीको महान् पर्व हरितालिका तीजका कारण सामान किनेमेल गर्नेको भिडले सहरबजार तातिरहेको छ। ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ। सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक सुनचाँदी पसल, फुटपाथदेखि सुपरस्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ।

बदलिँदै तीज

विश्व समाजमा नारी दिवस मनाउन थालेको ४० दशक मात्र पुगेको छ तर नेपाली नारीले नितान्त आफ्नो दिनका रुपमा मनाउने तीज प्राचिनकालदेखि नै मानिँदै हो। यसले नेपाली समाज लामो समय परम्परागत धारमा अघि बढे पनि नारी स्वतन्त्रताको जग भने पश्चिमा समाजभन्दा अगाडि नै बसेको प्रस्ट हुन्छ।

तेस्रो लिंगीको तीज

तीजले नेपालको संस्कृति झल्काउने भएकाले हामी तेस्रो लिंगी महिला पनि यसलाई मनाउँछौं। विशेष गरेर महिलाले यसलाई महान चाडका रुपमा लिने गरेका छन्। मैले पनि अन्य महिलाले झैं राम्रो जीवनसंगिनी पाउँ भनेर तीजमा व्रत बस्ने गरेकी छु।

भूकम्पपीडितको तीज

यतिबेला सबै महिला तीजको रमाइलोमा ब्यस्त छन्। के खाने, कहाँ जाने, के किन्ने जस्ता योजना बनिवरी लागु पनि भइसके। तर रसुवाको धैबुङ–१ इटपारेकी ८० वर्षिया मनमाया परियारलाई भने तीजले छोएकै छैन भन्दा पनि फरक पर्दैन।

तीजका विशेषता

सबैले आफ्नो श्रीमान्लाई शिवका रूपमा र सबै श्रीमान्ले श्रीमतीलाई पार्वतीका रूपमा देखून् जसमा प्रेम, समर्पण र सम्मान होस् भन्ने हेतुले यो संस्कार विकास गरिएको पाइन्छ।

रिपब्लिक मिडियाको तीज

देशारले तीजका भाकामा ‘मारुनी’, ‘जमाना खराब छ’ र ‘लत लाग्यो’ बोलका गीत पनि प्रस्तुत गरिन् । अर्की लोकगायिका रितु कँडेलले आफ्नो तीजैमा एल्बमको ‘धोको पुर्याईदेउ,रातो सारी सरक्क सरक्क सर्काउदै र झूठो माया जाल गितमा उपस्थित महिलालाई नचाइन् । गायिका अनिता चलाउनेले पशुपति शर्मासँग गाएको यसवर्षको तिज गित गित झ्याम्मै बरिलै र अघिल्लो वर्षको तिजगित नाँचिदेउ झिल्के भनेर भाखा मिलाईन् ।

यस्तै हो त हाम्रो तीज ?

‘भन्दिन म यो तीजमा सुनको बाला चाहिन्छ, आफूले त यो तीजमा दर खाँदा नि रक्सी खाइन्छ । न त दही दूध चाहिन्छ न त फलफूल चाहिन्छ, आफूले त यो तीजमा दर खाँदा नि ह्विस्की खाइन्छ’– एक दिन कार्टुन खोज्ने क्रममा मेरी छोरीले युट्युबमा यो बोलको गीत फेला पारिछन्।

तीज महोत्सवमा महिला भलिबल प्रतियोगिता

पोखरा-तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

तीज : गाउँ र सहरको

'वर्ष दिनको तीजको बेलीमा, बाबा लिन आए बरिलै माइती घर जान्छु नि म त, सासू बिदा देऊ न बरिलै वर्ष दिनको दुःखलाई बिर्सी, हाँस्ने दिन आयो बरिलै एकै झल्को आमाको मुख, हेर्ने मन लाग्यो बरिलै'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्