१४ आश्विन २०८१ सोमबार
image/svg+xml

छाता ओढेर तीज मनाउँदै महिलाहरू

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा सिन्धुलीका विभिन्न मन्दिरमा विहीबार बिहानैबाट महिलाहरूको घुँइचो लागेको छ । मुसलधारे वर्षा भइरहँदा छाता ओढेर हेर्ने र भिज्दै नाच्नेहरूको भीड लागेको छ ।

तीज गीत हिँडेको बाटो

परम्परादेखि चलिआएको रीतिरिवाज र मान्यतालाई निरन्तरता दिएका कारण नै हाम।ा  संस्कृति र चाडपर्वले आफ्नो पहिचान दिने गरेका छन्। आफ्नो पहिचान नमेटियोस् भन्ने चाहनाले गर्दा नै हरेक समाज आफ्नो संस्कृतिको जगेर्ना गर्न तत्पर रहन्छ। हुनत रीतिरिवाज र मान्यता कसैले बनाएका मापन हुन्। त्यसकै आधारमा परम्परा चलिआएको छ।

बाढीसँगै बग्यो तीजको उल्लास

दैलेखको वडाभैरवबाट दस वर्षअघि गुलरिया नगरपालिका-२ संगमबस्ती विवाह बन्धनमा बाधिँदा ३२ वर्षीया गंगा विश्वकर्मा कम्ता खुसी थिइनन्। एक दशकभित्रमा दुई छोरा जन्मदा परिवारको खुसी झनै थपिएको थियो। छोरा हुर्कँदै गर्दा परिवार छुटकाइलो र सुखी थियो। थोरै भए पनि आफ्नै जग्गामा परिश्रम खर्चिदा खान, लाउन दुःख थिएन।

तीजको विकृतिमा बहस

अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित मानिएको छैन। श्रीमान्का लागि मात्र हैन, महिलाहरू आफंै अघिबढ्ने माध्यमका रूपमा पनि यसलाई लिइन थालिएको छ। पछिल्लो समयमा तीज भड्किलो हुँदै गएको गुनासो बढिरहँदा तीजका राम्रा कुराहरू अंगाल्दै यस्ता कुरीतिलाई हटाउनुपर्ने पनि आवाज उठ्न थालेका छन्।

तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहत

तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन्।

तीज अवार्डको मनोनयन सार्वजनिक

तीजको बेला गुञ्जिने तीज गीत र त्यसका स्रष्टाको सम्मान गर्न राजधानीमा आयोजना गर्न लागिएको चौथो संस्करणको 'तीज म्युजिक अवार्ड २०७४' को मनोनयन सार्वजनिक भएको छ। २५ विधामा प्रदान गरिने अवार्डमा 'उत्कृष्ट तीज गीत गायिका' विधामा 'अहिलेको तीज'बाट सिन्धु मल्ल, 'आमाले पकाको दर'बाट सहिमा श्रेष्ठ,  'माइतमा' मीना निरौला, 'मीठो बोली' बाट स्वरूपा रसाइली र 'युकेको साडी'बाट टीका पुन मनोनयनमा परेका छन्।

फूलमतीको तीज

यसै क्रममा एक सहकर्मी पुरुष साथी पनि आफ्नो प्रतिभा देखाउन मञ्चमा उक्लिए । उनले तीजमा महिलाका पीडा मात्र छैनन्, पुरुषका पनि पीडा पनि छन् भन्न थाले । गीतमार्फत उनले तीजका दर खाने बखत आएर दिदीबहिनीले भकारीको अन्न, बारीका अम्बा, घिरौँला, फर्सी, काँक्रा सबै सकेका कुरा व्यक्त गरे । महिलाले तीजको दरमा मादक पदार्थ खाई श्रीमान्लाई दुःख दिएकोजस्ता भावना पोखिएका गीत पस्किएपछि एकछिन वातावरणमा सन्नाटा छायो ।

पत्रकार बस्नेतको तीज गीत लण्डनबाट सार्वजनिक

वेलायतका कार्यरत पत्रकार नरेन्द्र बस्नेतले हरितालिका तीजको अवसर पारेर तीज गीत सार्वजनिक गरेका छन्। अनलाइन गोर्खा रेडियोका सञ्चालक तथा नेपाल पत्रकार महासंघ यूकेका सदस्य बस्नेतको शब्दमा कला पंगेनी र खुमन अधिकारीको स्वर दिएका छन्। कृष्ण बिकको संगीत रहेको गीत पापी घरैमा‘ को म्यूजिक भिडियो भर्खर सार्वजनिक गरिएको हो।

तीज गीतमा विकृति

गायिका मिना निरौलाको स्वर र गीतकार चेतन कार्कीको रचना रहेको यो तीज गीतमा महिलाका आन्तरिक भावना अभिव्यक्त भएको।  झोरा भाकामा बनेको यो गीत सुन्दा धेरैलाई रमाइलो लाग्छ।

सूर्तीजन्य पदार्थका बट्टामा ९० प्रतिशत चित्र अनिवार्य

स्वास्थ्यमन्त्री गगन थापाले धुम्रपान नियन्त्रण गर्न एक वर्षभित्रै सूर्तिजन्य पदार्थको बट्टा तथा र्यापर्सको शतप्रतिशत भागमा चेतावानीमूलक चित्र र सन्देश छाप्ने व्यवस्था ‘प्लेन प्याकेजिङ’ र सन् २०३० सम्ममा धुम्रपानमुक्त  पुस्ता निर्माण गर्ने बताएका छन् ।

भोजपुरमा गैरकानूनी रुपमा सुर्तीजन्य पदार्थ बिक्री

भोजपुरमा इजाजत नलिई सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला अनुगमन समिति, भोजपुरले शुक्रबार गरेको बजार अनुगमनमा यस्तो पाइएको हो ।

कक्षा ११ को नतीजा प्रकाशित

राष्ट्रिय परीक्षाबोर्डले बिहीबार कक्षा ११ को नियमिततर्फको नतिजा प्रकासित गरेको छ। बोर्डले जेठ २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नतिजामा यसवर्ष ५१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परिक्षा नियन्त्रक सन्तोस अर्यालले बताए।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको बजेट भत्ता र गोष्ठीमै

विकास-निर्माणदेखि स्वास्थ्य–शिक्षासम्मकै बजेट अत्यधिक दुरुपयोग हुने घटना 'सामान्य' झैं भइसकेको बेला सरकारले अघि सारेको सुधारात्मक कार्यक्रमकै बजेट पनि चाहिने काममा भन्दा अनावश्यक कुरामै खर्च भइरहेको छ।

युएइमा नेपाली महिलाले मनाए तीज

नेपाली महिलाहरुले प्रवासी भूमिमा हरितालिका तीज बनाएका छन्। युएइमा यो पटक एक महिनादेखि तिज कार्यक्रम सुरु भएका थिए। युएइका विभिन्न भागमा रातो साडी र गर गहनामा सजिएर नेपाली महिलाले तीज मनाएका हुन्।

तीजको समाजशास्त्र

मानव समाजको इतिहासदेखि नै मानव जीवन कुनै न कुनै सांस्कृतिक धरातलमा रहेको हुन्छ। चाडवाड, रीतिरिवाज, खानपान, रहनसहन, विवाह, व्रतबन्ध, लवाई, धर्म इत्यादि वा मानव जीवनसँग सम्बन्धित कुनै पनि पक्षका संगठित नाम संस्कृति हो। चाडपर्व सांस्कृतिक पाटो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्