१४ आश्विन २०८१ सोमबार
image/svg+xml

तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर

महिलाका पीडाव्यथा तथा खुसीमा गाइने तीजका गीतमा पछिल्लाे समय समाजका विभिन्न पक्षको चित्रण गरी सन्देश समेत दिन थालिएको छ। नेपाली महिलाको महान् पर्व तीजका अवसरमा गीतमार्फत शहरमा बढेको फोहरलाई मोहरमा बदल्न सकिने सन्देश दिँदै यस्ता गीत गाउन थालिएकाे हाे।

द्धन्दपीडितको तीजः पीडा भुलाउन नाचगान

बिगतको १० वर्षे सशस्त्र द्धन्द्धका बेला राज्य र विद्रोही माओवादीका कारण पति गुमाएका एकल महिलाहरू तीजको सन्दर्भ पारेर एकै थलोमा भेला भए। तीजको गीतबाट शुभकामना आदान प्रदान गर्नुका साथै पीडा एउटै भएकाले सुख, दुःख साटासाट गरे।

आफू त तीज मनाइन्छ बरिलै !

केही वर्षअघि एउटा विद्युतीय सञ्चारगृहमा सञ्चारकर्मी महिला र पुरूषबीच तीज विषयमा अनौपचारिक बहस चलेको थियो । म एक्लै त्यो बहसको श्रोता र दर्शक थिएँ ।

संस्कृति जोगाउन तीज

हरेक वर्ष महिला तीज आउन एक महिना बाँकी हुँदादेखि नै तीजका नाममा नाचगान गर्ने र दर खाने गर्छन् । मानौँ, एकले दर खाने कार्यक्रम राखेपछि अर्कोले पनि दर खुवाउनैपर्ने जस्तो । पछिल्ला केही वर्षदेखि त विभिन्न संघ–संस्था, महिला समूह र संगठनले पनि आफ्ना कर्मचारी, सदस्यहरूलाई पार्टी प्यालेसमै  बोलाएर दर खुवाउँछन्।

संस्कृतिमा बढ्यो विकृति

नेपालमा विभिन्न जातजातिको बसोवास छ । अनेकता र विविधतामा एकताको सन्देश बोकी सबै बसोवास गरेका छन् । आ–आफ्ना जातजातिले आ–आफ्नै किसिमको चाडपर्व मनाउँछन् । उनीहरूको आ–आफ्नै भाषा छ । त्यसमध्य सबै नेपाली चेलिबेटीहरूले महान् पर्वका रूपमा मनाउने चाड हो, हरितालिका तीज।

यही तालले तीज कहाँ पुग्ला ?

एकजना व्यक्ति आफ्ना नराम्रा आदत कसरी छोड्न सकिन्छ होला भन्ने सल्लाह र उपायको खोजीमा एकजना सन्त–फकिरकहाँ पुगेछन् । ती सज्जनले सन्त फकिरसँग भने— हजुरको आध्यात्मिक ज्ञान, अन्तर्यात्रामा डुब्ने कलाबारे धेरै सुनेको छु र जुनसुकै समस्याको समाधानको उपाय पनि हजुरसँग छ भन्ने थाहा पाएको छु।

रिपब्लिक मिडियामा तीजको रमझम

हरितालिका तीजको अघिल्लो दिन पारेर नेपाल रिपब्लिक मिडियाले तीज तथा दर खाने कार्यक्रम गरेको छ । मिडियाभित्र आवद्ध महिला पत्रकार तथा कर्मचारी एकै थलोमा भेला भई तीजको रमाइलोसँगै दरखाने कार्यक्रम रिपब्लिक मिडियाले गरेको हो।

पशुपतिनाथमा भक्तजनको भीड

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बुधबार बिहानैदेखि भीड लागेको छ।

वनकरियाले पनि मनाए तीज

लोपोन्मुख जाति वनकरियालाई पनि यस वर्ष तीजले छोएको छ । यसअघि कहिल्यै तीज नमनाएका मकवानपुरको मनहरी गाउँपालिका–४, ट्वांग्राका वनकरियाले यस वर्ष तीजको दर खाँदै नाचगान गरेका हुन्।

मितव्ययी हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकास एवं रूपान्तरण गर्नुपर्ने आवश्यकतालाई मनन गरी चाडपर्व मनाउन सबैलाई आग्रह गरेकी छिन्।

तीज संस्कृति कि विकृति

तीज हिन्दू नारीको महान चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ ।

तीजकाे दर खाँदा नौ बिरामी

तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन्। वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए।

तीजको बदलिँदो ट्रेन्ड

तीज हिन्दू नारीहरूको मुख्य पर्व हो । तीजमा नारीहरू शीरदेखि पाउसम्म रातै भएर शृंगारिने चलनमा फरकपन आएको पाइन्छ ।

सहकारीको दरले चार सयभन्दा बढी बिरामी

काभ्रेमा स्थानीय एक सहकारी संस्थाले आयोजना गरेको तीजको दर खाँदा झन्डै चार सय स्थानीय बिरामी भएका छन्।

तीजको खान्की

तीज हिन्दू धर्माबलम्बी महिलाहरूले महत्वपूर्ण चाडको रूपमा मनाउँदै आएको पाइन्छ । पौराणिक मान्यता अनुसार देवी पार्वतीले भगवान शिवको दीर्घायु, सुस्वास्थ्यको कामना गरी व्रत राखेकै कारण हिन्दू महिलाहरूले तीज मनाउँदै आएको पाइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्