२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई अध्यक्षको भेटघाट तिक्ततापूर्ण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको सम्बन्ध झन् तिक्ततातर्फ उन्मुख भएको छ। पाँच दिनपछि भेटघाट भएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच विहीबारको भेटघाट सुखद रहेन।

नेकपामा तीन नेताका तीन तयारी, पूर्व एमाले मिलाउने ओलीको प्रयास

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता संकटमा परेपछि संकट मोचनको आ–आफ्नै तयारी गरेका छन्।

नेकपा एकतामा संकट, सल्लाहमै पार्टी फुटाउने ओलीको चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि एकता संकटमा परेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाललाई सल्लाहमै अलग हुने प्रस्ताव गरेपछि पार्टी एकता संकटमा परेको हो।

ओली-प्रचण्ड विवाद एकले अर्कालाई दलबाटै लखेटेपछि मात्रै अन्त्य हुन्छ : संग्रौला

लेखक खगेन्द्र संग्रौलाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीचको एकताको आधार सिद्धान्तको नभएर स्वार्थको भएकाले एक दिन यो फेरि विभाजन हुने दाबी गरेका छन्।

नेकपा भित्रको राजनीति : आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।

पर्सामा कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गरियोस् : प्रचण्ड

आइतबार बेलुका विज्ञप्ति जारी गर्दै प्रचण्डले हत्याजस्तो जघन्य अपराधमा पनि सम्बन्धित स्थानीय निकायले उजुरी लिन आनकानी गरिनु आश्चर्यको विषय भएको बताएका हुन्।

दाहाल दैनिक बालुवाटार धाउने, ओली कुरै नसुन्ने

दुई सातादेखि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफलमा जुटेपनि मन्त्रिपरिषद पुर्नगठन पार्टी एकता, संवैधानिक नियुक्ति र सरकारी नियुक्तिको विषयमा सहमति जुट्न सकेको छैन।

अब नेकपामा दाहाल कार्यकारी अध्यक्ष, महाधिवेशनको मिति तय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वयको कार्य विभाजन भएको छ। आज बसेको बैठकले पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित पार्टीको काम गर्ने र केपी शर्मा ओली सरकारका काममा केन्द्रित हुने निष्कर्ष निकालिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

ओली र प्रचण्डको बार्ता कहिले होला भनेर कुर्नुपर्ने अवस्था छ : भट्टराई

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले केपी ओली र प्रचण्डको बार्ता कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । कोभिड १९ को संक्रमण बढिरहेका बेला सरकार भने पार्टी भित्रको झगडामा केन्द्रित भएको आरोप उनले लगाए ।

बालुवाटार–खुमलटार दूरी बढ्दै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तीव्र बनेको आन्तरिक विवाद कोरोना भाइरसको बढ्दो संक्रमणसँगै फेरि केही दिनका लागि थाती रहने भएको छ। काठमाडौं उपत्यकामा संक्रमण बढेसँगै शीर्ष नेताले आपसमा भेटघाट बन्द गरेर संक्रमण बढ्न नदिने रणनीति लिएसँगै आन्तरिक विवाद केही दिनका लागि थाती राखिएको हो।

ओलीका प्रेस सल्लाहकार थापाले २ दर्जन प्रश्न गर्दै प्रचण्डलाई भने : दिउँसै रात पार्ने !

प्रेस सल्लाहकार थापाले शनिबार आफ्नो फेसबुकमार्फत प्रचण्डको नाम नलिईकन उनलाई नेपालको नयाँ नक्साका सन्दर्भमा दुई दर्जन प्रश्न गर्दै तीखाे टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता गरियो : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन्।

जनार्दन शर्मा प्रचण्डकै पक्षमा हुनुहुन्छ, अरूतिर लाग्नुभएको छैन : सचिवालय

बिहीबार अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा स्थायी कमिटी सदस्य शर्माका बारेमा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचार भ्रामक भएको दाबी गरेका हुन् ।

निर्लज्जताको पराकाष्टा !

नेकपाभित्रको आजको कोलाहल ओली र प्रचण्डको व्यक्तिगत हो कि पार्टीगत ? पहिला त्यो टुङ्गो भयो भने मुद्दा किनारा लाग्न सरल हुनेछ।

प्रचण्ड-माधवसहितका शीर्ष नेता राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। अध्यक्ष दाहालसहित सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खानाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका नेताहरू राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्