२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एकता पुरा नहुँदै विभाजनको सँघारमा नेकपा

आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू अनुकूल निर्णय लिँदै अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्नसक्ने जनाएका छन्।

राष्ट्रपति भेट्न शीतल निवास किन पुगे दाहाल ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास पुगेका छन्।

सरकार र पार्टीले राम्रो काम गर्न सकेनन् : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समयमा भएको सहमतिबाट पछि हटेर गल्ती गरेको महसुस भएको बताएका छन्।

स्थायी कमिटी बैठकका लागि गृहकार्य पुगेन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक बस्न नसकेको बताएका छन्। आजका लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले औपचारिक प्रतिकृया दिएका हुन्।

अध्यादेश फिर्ता लिने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता  लिन तयार भएपछि सांसदहरुसँगको छलफल पनि स्थगित गरिएको छ। नेताहरुले पार्टीको स्थायी समितिको आपतकालीन बैठक बोलाउन  माग गरेपछि  ओली फिर्ता लिन तयार भएको नेताहरुको ठहर छ।

किन सुस्तायो नेकपा ?

आफू भने चुरोट, खैनी खाने, जाँडरक्सी धोक्ने, अनि परिवारका अन्य सदस्यलाई त्यही चिज खानु हुँदैन भनेर उपदेश दिने ! यो त सुहाएन है काम्रेड प्रचण्ड।

प्रचण्ड–ओली भेट : प्रचण्डद्वारा समसामयिक राजनीतिका बारेमा ‘बिफ्रिङ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले आज बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन्। सो क्रममा अध्यक्ष दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्रीलाई बधाई दिएका थिए।

नेकपाको मुटु

नैतिकताको प्रश्नमा बरू प्रधानमन्त्रीले पदत्याग गर्नुपर्छ भन्ने भनाइ सदन, सामाजिक सञ्जाल र सञ्चार माध्यममा गुञ्जयमान भयो। तर राजीनामा त के प्रधानमन्त्रीले उल्टो बाँस्कोटाको बचाउ गरेर नैतिकताको नयाँ अभ्यास आरम्भ गरेका छन्।

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवालाई सात दिन हिरासतमा राख्न अनुमति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवालाई सात दिनको म्याद थपिएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको काठमाडौं परिसरका एसएसपी उत्तम सुवेदीले बताए।

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति सहिद परिवारको नभएको खुलासा

नेपाल कम्युनिष्ट पाटी (नेकपा) जुम्लाले प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला सिँजा घोड्यांगा गाउँका रतन तिरुवा सहिद परिवार र नेकपाको समर्थक नभएको स्पष्ट पारेको छ।

नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो।

पहिले को हुने कम्युनिस्ट ?

लौन कमरेड प्रचण्ड, कोबाट सुरु गर्ने होला– सत्तामा गएपछि पनि कम्युनिस्टले जनता छाड्दैनन् भन्ने व्यवहार ?

नेकपामा शक्ति संघर्ष: नेताले गरे विवादको ढाकछोप, प्रधानमन्त्रीद्वारा बाँस्कोटाको बचाउ

वाग्मती प्रदेशको पार्टी प्रशिक्षण तथा सुदृढीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा नेतात्रयले शीर्ष तहको विवादबारे चर्चा नै गरेनन्, बरु पार्टीभित्र विवाद/छलफल भएन भने पार्टीको अस्तित्व नै नहुने धारणा राख्दै पन्छिए ।

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा भेटिने खालको छैनः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताएका छन्।

प्रचण्डलाई सवा लाख वर्ष कैद !

भर्खरै तत्कालीन माओवादी अध्यक्ष (हाल नेकपा अध्यक्ष) पुष्पकमल दाहालले माओवादी ‘जनयुद्ध’का क्रममा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्