२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

जनार्दन शर्मा प्रचण्डकै पक्षमा हुनुहुन्छ, अरूतिर लाग्नुभएको छैन : सचिवालय

जनार्दन शर्मा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले नेता जनार्दन शर्मा ‘प्रभाकर’ सँग सम्बन्धित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

बिहीबार अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा स्थायी कमिटी सदस्य शर्माका बारेमा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचार भ्रामक भएको दाबी गरेका हुन् ।  

‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्नु आउनुभएको विदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कमरेड प्रभाकरमाथि अध्यक्ष प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरूलार्य खारेज गर्दछौं।’  

नेकमा अहिले जारी विवादमा नेता शर्मा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लागेका समाचार आइरहेका छन् । 

प्रकाशित: ८ श्रावण २०७७ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App