२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सहिदका सपना कुल्चिने दुष्प्रयास भएको सहन सकिन्न, फेरि मैदानमा उत्रिने संकल्प गरौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको बताएका छन्।

लोकतन्त्रको पक्षमा फैसला आएन भने देशमा कसैले थाम्न नसक्ने आँधी आउँछ, हुरी चल्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायहरुले केपी ओलीजस्तो निरङ्कुश र लोकतन्त्र विरोधी व्यक्तिको सनकको भरमा डराएर फैसला नगर्ने विश्वास व्यक्त गरेका छन्।

आज ५ लाख आए, केहीदिनपछि सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता आउनेछन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्र’ नेपाली जनताले बुझिसकेको बताएका छन्।

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको विरोध सभा (तस्बिरसहित)

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको विरोध सभा सुरु भएको छ। यो समूहको विरोध सभा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको हो।

लुम्बिनीमा प्रचण्ड–माधव समूहद्वारा जिल्ला अध्यक्ष सिफारिस

कपिलबस्तु अध्यक्षमा बिष्णु पन्थीलाइ सिफारिस गरीएको छ । पन्थी प्रदेश सभामा तत्कालिन एमालेबाट बिजयी सांसद हुन भने एमालेको केन्द्रिय लेखा कमिटि सदस्य पनि हुन । गुल्मीमा सोमनाथ सापकोटालाइ अध्यक्षमा सिफारिस गरीएको छ । सापकोटा यसअघिका नेकपा जिल्ला कमिटि सचिव हुन भने मुसीकोट नगरपालिकाका मेयर पनि हुन । बर्दियामा वखतबहादुर खड्कालाइ अध्यक्षको जिम्मेबारी दिइएको छ ।

प्रचण्ड-नेपाल समूहको प्रदर्शन सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

नेकपा प्रचण्ड–नेपाल समूहको जन प्रदर्शनको समय सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। सो समूहले आज राजधानीमा दुई लाख मानिसको सहभागिता गराएर शक्ति प्रदर्शन गर्ने दाबी गरेको छ। जसकारण आज बिहानैदेखि जाम सुरु भएको छ।

प्रचण्ड-नेपाल समूहले आज दुई लाख मानिस ल्याएर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज राजधानीमा प्रदर्शन गर्दैछ।

ओलीमा संघीयताप्रति अपनत्वबोध छैनः नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतन्त्र र संघीयताप्रति कुनै पनि अपनत्वबोध नभएको बताएका छन्।

प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।

प्रचण्ड-माधव समूहको आमहड्तालः प्रहरी र कार्यकर्ताबीच मुठभेड, ६३ जना नियन्त्रणमा

नेकपा प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ। यो समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी देशव्यापी आमहड्तालको घोषणा गरेको हो।

आमहड्तालको पूर्वसन्ध्यामा प्रचण्ड-माधव समूहको मसाल जुलुस

नेकपा प्रचण्ड-माधव समूहले विहीबार आव्हान गरेको आमहड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस निकालेको छ। राजधानीको बागबजार क्षेत्रबाट नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए।

अवहेलना मुद्दामा दाहाललाई ७ दिन भित्र आफै लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

प्रचण्ड-माधव समूहले भोली आम हड्ताल गर्ने

नेकपा प्रचण्ड-माधव समूहले विहिबार (भोली) आम हड्ताल गर्ने भएको छ। केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालका अनुसार संवैधानिक निकायमा 'असंवैधानिक' नियुक्ति गरिएको भन्दै आमहड्ताल गर्न लागिएको हो।

जहिले छोराछोरीलाई मात्र हेर्‍याे भनेर ओलीले मेरो अपमान गरे : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जहिले छोराछोरीलाई मात्र हेर्‍याे’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको बताएका छन्।

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : सरकारी गाडी चल्न नदिनेदेखि युवा मार्चसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्