७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीमा संघीयताप्रति अपनत्वबोध छैनः नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतन्त्र र संघीयताप्रति कुनै पनि अपनत्वबोध नभएको बताएका छन्। बिहीबार आह्वान गरिएको आम हड्तालको निरीक्षण गर्न कोटेश्वरको सडकमा निस्किएका नेपालले सञ्चारकर्मीसँगको कुराकानीमा फागुन पहिलो साता सबै पक्षसँग मिलेर ठूलो आन्दोलन घोषणा गर्ने तयारी गरिएको बताए।

'हामीले पार्टीभित्र भोग्यौं, सरकार सन्चालनको क्रममा पनि देख्यौं उनको हरेक कदममा छलकपट छ। उनमा संविधान र गणतन्त्रप्रति आफ्नोपनको भावना छैन। संघीयताप्रति कुनै सरोकार पनि छैन,' नेपालले भने, 'ओलीले एकातिर चुनाव गर्ने भन्छन् भने अर्कोतिर ७७ जिल्लाहरुमा यो कामचलाउ सरकारले भूमि आयोग बनाएर धमाधम नियुक्ती गरेका छन्। २८ गते  अहिलेसम्मकै ठूलो जनाअन्दोलन हुन्छ।'    

आज संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै प्रचण्ड-नेपाल समूहले आम हड्ताल गरेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड-नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो।

प्रकाशित: २२ माघ २०७७ ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App