५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जहिले छोराछोरीलाई मात्र हेर्‍याे भनेर ओलीले मेरो अपमान गरे : प्रचण्ड

फाइल तस्बिरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जहिले छोराछोरीलाई मात्र हेर्‍याे’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको बताएका छन्। शुक्रबार बिराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले आफ्ना सन्तानलाई विशेष रुपमा कहिल्यै नराखेकाे दाबी गरे।

‘प्रचण्डले छोराछोरी र ज्वाइँलाई मात्रै काम दिन्छन्, भन्छन् त ओलीले, के यो सही हो?’ भनेर अगाडि उनले भने,‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइँन त्यो मेरो दोष हो? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो? मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ। जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो?’

अर्को प्रसंगमा उनले आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोज पनि प्रधानमन्त्रीले हुर्मत लिने काम गरेको आरोप लगाए।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपाका दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिएका छन्।  

प्रकाशित: १६ माघ २०७७ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App