coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड-नेपाल समूहको प्रदर्शन सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

नेकपा प्रचण्ड–नेपाल समूहको जन प्रदर्शनको समय सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। सो समूहले आज राजधानीमा दुई लाख मानिसको सहभागिता गराएर शक्ति प्रदर्शन गर्ने दाबी गरेको छ। जसकारण आज बिहानैदेखि जाम सुरु भएको छ।

प्रचण्ड–नेपाल समूहले आज हुने आमसभामा काठमाडौबाहिरबाट हजारौं मानिस आउने आंकलन समेत गरेको छ। मंगलबार बसेको सचिवालय बैठकमा हजारौंको संख्यामा उपत्यकाबाहिरबाट आउने अनुमान गरिएको हो ।  

यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ। ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ। ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ।

विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ। सो समूहको केन्द्रीय सङ्घर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे मूल जुलुस निस्कनेछ। पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाइएको छ।

नेकपाका दुई समूहबीच प्रदर्शन र सभाको होडबाजी चलिरहेका बेला प्रचण्ड–नेपाल समूहले माघ २८ गते दुई लाख मानिस ल्याएर आमसभा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत कार्य गरेको भन्दै खबरदारी गर्ने भएको बताएको थियो।

प्रकाशित: २८ माघ २०७७ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App