२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनीमा प्रचण्ड–माधव समूहद्वारा जिल्ला अध्यक्ष सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका बिभिन्न जिल्लमा अध्यक्षको जिम्मेबारी हेरफेर गरेको छ । प्रचण्ड–माधव पक्षले प्रदेशका ५ जिल्लाका जिल्ला अध्यक्षहरुको नाम सिफारिस गरेको हो । सो समूहको प्रदेश कमिटिले रुपन्देही जिल्ला अध्यक्षमा राजु गुरुङलाइ सिफारिस गरेको छ । गुरुङ तत्कालिन एमाले निकट युवासंघका पूर्व केन्द्रिय उपाध्यक्ष हुन । नेकपा बिभाजनको विवाद निम्तिएपछि गुरुङले बुटवलमा पत्रकार सम्मेलनै गरी अवको निर्वाचनमा अर्थमन्त्री बिष्णु पौडेल बिरुद्ध उम्मेद्वारी दिने चेतावनी दिएका थिए ।

कपिलबस्तु अध्यक्षमा बिष्णु पन्थीलाइ सिफारिस गरीएको छ । पन्थी प्रदेश सभामा तत्कालिन एमालेबाट बिजयी सांसद हुन भने एमालेको केन्द्रिय लेखा कमिटि सदस्य पनि हुन ।  गुल्मीमा  सोमनाथ सापकोटालाइ अध्यक्षमा सिफारिस गरीएको छ । सापकोटा यसअघिका नेकपा जिल्ला कमिटि सचिव हुन भने मुसीकोट नगरपालिकाका मेयर पनि हुन ।

बर्दियामा वखतबहादुर खड्कालाइ अध्यक्षको जिम्मेबारी दिइएको छ । उनी तत्कालिन एमालेको जिल्ला कामिटिमा बसेर काम गरीसकेका नेता हुन । पुर्वी रुकुममा भीममान घर्तीलाइ पार्टीको जिल्ला कमिटि अध्यक्ष तोकीएको छ । घर्ती पुर्व माओवादी हुन । जिल्ला अध्यक्षमा सिफारिस गरीएका नाम केन्द्रिय कमिटिमा पठाइएको र त्यहाँबाट छिट्टै अनुमोदन हुने बताइएको छ ।  

नेकपाको ओली पक्षले गत साता नै प्रदेश र जिल्ला कमिटिहरु पुर्नगठन गरीसकेको छ ।

प्रकाशित: २८ माघ २०७७ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App