४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मिटरब्याज पीडित र सरकारीबीचको वार्ता सकारात्मक,अर्को वार्ता भोली हुने

सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए।

सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ (फोटोफिचर)

सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका छन्। शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

मिटरब्याज पीडितको दोस्रो टोलीद्वारा काठमाडौंमा विरोध प्रदर्शन

देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमवार माइतीघर मण्डलामा मिटरब्याज विरुद्ध प्रदर्शन गरेका हुन्।

मिटरब्याज पीडितहरू विश्वस्त भएर घर फर्किन लाग्नुभएको छ: मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन्।

मिटरब्याजीहरुलाई राजनीतिक दलहरूले संरक्षण गर्नुहुँदैन: डा. पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्।

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्।

सुदखोरबाट ऋण लिँदै विदेश जाँदै

नवलपरासी (बसुप) मा पनि भारतको सिमानासँग जोडिएका प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका मिटरब्याजको समस्याले बढी ग्रसित थिए।

सडकमा भक्कानिँदै मिटरब्याजपीडित

‘छोरा मान्छे रुनु हुन्न। रोए दुनियाँले देख्दा लाज हुन्छ।’ लहान नगरपालिका–७, सिरहाका श्याम विश्वकर्मा सानोमा रुँदा उनलाई आमाले यसैगरी सम्झाउँथिन्।

नेकपा एस बैठक: मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ।

खुलामञ्च प्रवेश गर्न खोज्दै मिटरब्याज पीडित, रोक्दै महानगर

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ।

मिटरब्याज पीडित काठमाडौंमा

सरकारसँग न्यायको माग गर्दै आठ जिल्लाका मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका छन्। ११ दिन पैदलयात्रा गरेर आइतबार राजधानी आइपुगेका हुन्।

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ।

सम्झौता भंग गरेर पुनः आन्दोलन गर्ने मिटरब्याज पीडितको चेतावनी

मिटरब्याज पीडितहरूले सरकारसँगको सम्झौता भंग गरेर पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

‘मत बहिष्कार’ गर्ने धम्कीः दल र उम्मेदवारसँग मिटरब्याज पीडित सशंकित

‘निर्वाचन आउँदा हामी उत्साहित थियौं। हाम्रा समस्या निर्वाचनकै मुखमा उम्मेदवारसमक्ष राखेर त्यसको समाधानका लागि प्रतिबद्धता लिने हाम्रो योजना थियो,’ मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘तर उम्मेदवार नै सुदखोरले घेरिएका पाइए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्