५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मिटरब्याज पीडित र सरकारीबीचको वार्ता सकारात्मक,अर्को वार्ता भोली हुने

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ।

सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए।

उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए। उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको बताए। उनले यसअघि पीडितहरुसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताए।

उनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए। मंगलबार मिटरब्याजी पिडित संघर्ष समितिका संयोजकसहित  वार्ता गर्नेगरी वार्ता सकिएको उनले बताए। उनले मिटरब्याजी पिडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशिल नदेखिएको बताए।  

प्रकाशित: २७ चैत्र २०७९ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App