५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मिटरब्याज पीडितको दोस्रो टोलीद्वारा काठमाडौंमा विरोध प्रदर्शन

मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्।

देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमवार माइतीघर मण्डलामा मिटरब्याज विरुद्ध प्रदर्शन गरेका हुन्।

माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरुले सिंहदरबार अगाडि कार्यक्रम गरेका छन्। यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो।

सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन्। सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको छ। तर, सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन सुरु गरेका छन्।

सोमबार काठमाडौंमा आएका मिटिरब्याजी पीडितहरुले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन्। मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर पीडितहरुले किसानको भूमि फिर्ता गर,फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर,मिटर ब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पीडित किसान एक हौँ नारा समेत लगाएका छन्।

तस्बिरहरु: प्रसन गुरुङ/नागरिक
 

प्रकाशित: २० चैत्र २०७९ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App