१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आज धेरै ठाउँमा वर्षा र बाढीपहिराेको सम्भावना

आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

बझाङमा पहिरोले १७ घर बगायो, ठूलो मानवीय क्षतिको आशंका

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका–८ मल्लेस गाउँका १७ घर बगाएको स्थानीयले बताएका छन्। पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ। बिहान करिब सवा १ बजेतिर पहिरो गएको हो।

आज वर्षा र बाढीको सम्भावना कता-कता छ?

आज बिहीबार पनि देशैभर वर्षा तथा बाढी/पहिरोको सम्भावना रहेको भन्दै मौसमविद्ले सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

बाढीको जोखिम क्षेत्र पहिचान गरी काम सुरु

जिल्ला विपद् व्यवस्थापन समिति रौतहटले बाढीको जोखिम क्षेत्र पहिचान गरी उद्धार तथा राहतको लागि पूर्व तयारीको काम सुरु गरेको छ । समितिले जिल्लालाई बाढीको जोखिमको दृष्टिकोणले रेड, एलो र ग्रीन गरी तीन जोनमा विभाजन गरी राहत तथा उद्धारको तयारी सुरु गरेको हो ।

सोमबार देशैभर वर्षा तथा बाढीपहिरोको सम्भावना, सतर्क रहन सुझाव

आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुइ स्थानमा भने ठूलै पानी पर्ने सम्भावना छ ।

दार्चुलमा पहिरो खस्दा बाबुछोराको मृत्यु

नहर भत्किँदा गएको पहिरोले दार्चुलाको नौगाड गाउँपालिका–४ होपरीमा दुई जनाको मृत्यु भएको छ। गएराति करिब १२ बजेतिर घरमाथि आएको पहिरोले घर पुरिँदा २५ वर्षीय चन्द्रसिंह महता र उनका ४ वर्षीय छोरा सुशान्तको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए।

लगातारको बर्षाले त्रास थपिदै

लगातारको बर्षाका कारण पहाडी भेगमा पहिरो र तराइमा बाढीको जोखिम बढ्दै गएको छ । अविरल बर्षाका कारण प्रदेश ५ का ठूला नदीहरुमा पानीको बहाव बढ्न थालेको छ ।

अझै केही दिन झरी नरोकिने, आज पनि धेरै क्षेत्रमा वर्षा र बाढीको सम्भावना

आज दिउँसो धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, २, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशका धेरै स्थानमा वर्षा र बाढीको सम्भावना

प्रदेश १, २, ५, बागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

आज यी क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना

आज (बिहीबार) पनि देशका विभिन्न स्थानमा वर्षा तथा बाढीपहिरोको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

पहिरोको त्रासमा पहाडी जिल्ला

पाल्पा, गुल्मी र अर्घखाँचीमा पहिरोका कारण पाँचको मृत्यु, ४४ परिवार विस्तापित र २१ घर उच्च जोखिममा परेका छन्।

पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापना गर्ने गृहको निर्णय

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ।

पहिरोले पार्किङ गरिराखेको बस पनि बगायो (अपडेट)

शुक्रबारदेखि परिरहेको अविरल वर्षासँगैको पहिरोले तानसेन नगरपालिका–१२,लुहुङमा पार्किङ गरिराखेको बस बगाएको छ। गएाति पार्किङमा राखेको लु १ ख ९९७१ नम्बरको बस माथिबाट खसेको पहिरोले बगाएको हो।

आँबुखैरेनीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनीस्थित ऐन पहरा नजिकै पहिरो जाँदा चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान साढे ६ बजेदेखि लगातार पहिरो खसिरहेको छ।

पाल्पामा गाडी पहिरोले बगाउँदा ३ जनाको मृत्यु

पाल्पा गुल्मी सडकखण्डमा पहिरोले २ वटा सवारीसाधन बगाउँदा तीनजनाको मृत्यु भएको छ। सडकमा गुडिरहेको ट्याङ्कर र ट्रकलाई पहिरोले बगाउँदा ३ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्