नेपालगन्जमा कोरोना संक्रमण फैलिनुको कारण खोज्दै विज्ञ टोली
कोरोना भाइरसको संक्रमण एकै पटक धेरै ब्यक्तिमा फैलिनुको कारणबारे विज्ञ टोलीले अध्ययन सुरु गरेका छन् । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायत निकाय नेपालगन्ज आएर स्थलगत अध्ययन सुरु गरेका हुन् । अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच जना कर्मचारी नेपालगन्जमा खटिएका छन् । स्वास्थ्य मन्त्रालयका पनि केही अधिकारी संलग्न छन् ।