महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ।
चीनसँग ऋणमा किनिएका चारवटा विमानबाट कमाई हुन नसक्दा तीन वर्षदेखि थन्काएर राखेको नेपाल वायुसेवा निगमलाई त्यही ऋणको साँवा र ब्याज ठूलो बोझ बनेको छ ।
प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ। बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो।
भारतीय महिलालाई नेपाल ल्याई पशुपतिनाथको दर्शन गराउने र फर्किंदा कचौरा र अम्खोराका रूपमा सुन पठाउने गरिएको स्रोतको दाबी छ। तामा र पित्तलको जलप लगाएर सुनबाट बनाइएका त्यस्ता अम्खोरा र कचौरा नेपालकै कारखानामा बनाउने गरिएको स्रोतको भनाइ छ ।
राष्ट्रपति सीले युवालाई ‘कठिनाइ सहन र तीतोपना स्वीकार गर्न’ आह्वान गर्दै आएका छन् तर राष्ट्रपतिको चाहना किन पूरा गर्नुपर्ने भन्नेमा अधिकांश युवा अनुत्तरित छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्रीले सुरक्षा प्रमुखसहित दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसँग बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।
प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन्।
एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो।
एक क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल प्रहरीले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग मंगलबार गरेको भेटका क्रममा नेपालमा लगानीको अवसर रहेकाले लगानी गर्न आग्रह गरेका छन्।
कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ।महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो। सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
चीन सरकारका विदेशमन्त्री चिन गाङ पदमुक्त भएका छन्। उनी सात महिनाअघि विदेशमन्त्री बनेका थिए। नयाँ विदेशमन्त्री चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यी तोकिएको बिबिसीले जनाएको छ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।रक्षा मन्त्रालय, सिंहदरबारमा आज भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हाल्नुभएकोमा उहाँलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए।