श्रीलंकाले चिनियाँ पर्यटकलाई भिसामा कडाइ गर्ने
एक चिनियाँ पर्यटकमा कोरोना भाइरसबाट संक्रमण पुष्टिपछि श्रीलंकाले मंगलबारदेखि नै चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा अनुमति दिन कडाइ गर्ने भएको छ।
एक चिनियाँ पर्यटकमा कोरोना भाइरसबाट संक्रमण पुष्टिपछि श्रीलंकाले मंगलबारदेखि नै चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा अनुमति दिन कडाइ गर्ने भएको छ।
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ। भाइरस संक्रमण भएका बिरामीको संख्या करिब ४ हजार २ सय पुगेको पुष्टि गरिएको छ।
यही माघ १० गते मध्यरातदेखि चिनियाँले सुँगुर वर्ष बिदा गरेर मुसा वर्षलाई स्वागत गर्दै छन्। तसर्थ चीनमा शुक्रबारदेखि एक साता सार्वजनिक विदा हुन्छ।
फेसबुकले चिनियाँ राष्ट्रपति सी जिङपिङको नाम गलत अनुवाद गरेकोप्रति माफी मागेको छ। दुई दिने म्यान्मार भ्रमणमा रहेका राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा गलत भएको थियो।
अन्नपूर्ण फेरोको पदमार्गमा रहेका चारजना चिनियाँ पर्यटक पनि मनाङ खण्डबाट सम्पर्कविहीन भएका छन्। सञ्चार सम्पर्क नहुने क्षेत्रमा ती पर्यटक रोकिएको हुनसक्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। हिमपातले पदमार्गको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद छ।
नेपालले चीनसँग गर्ने सुपुर्दगी सन्धिले तिब्बती शरणार्थी मामिलामा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको समेत ध्यानाकर्षण हुने भएकाले सजिलै यो सन्धि भइहाल्ने अवस्था नभएको मन्त्रालय स्रोतको दाबी छ।
पुस ७ गते पक्राउ परेका चिनियाँ नागरिकलाई चार वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध लगाउँदै बुधबार नियमित उडानका दुईवटा जहाजमार्फत स्वदेश पठाइएको छ।
नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न एक सय २२ जना चिनियाँ नागरिकलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला (डिपोर्ट) गर्ने तयारी गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले पछिल्लो समय विवादित भइरहेको अमेरिकन अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशनबारे नेपालले आफ्नो हित हुने गरी निर्णय गर्ने बताएकी छिन्।
चीन जोड्ने उत्तरको तातोपानी नाकाबाट नेपाल भित्रिएका चिनियाँ अधिकारीलाई स्वागत गर्दै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको छ। पर्यटक बनेर आएका तिब्बतका अधिकारीलाई नाकामा भव्य स्वागत गर्दै भ्रमण वर्षको सुरुआत गरिएको हो।
नेपालमा बसेर चिनियाँ धनाड्य व्यक्ति र एकल महिलालाई निशाना बनाएर प्रविधिमार्फत धनमाल लुट्दै आएको चिनियाँ गिरोहमध्येका १ सय २२ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएपछि अवैध ढंगले आपराधिक गतिविधि गर्ने चिनियाँ गिरोहको टोली तितरबित्तर भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायी र चीनको युनान प्रान्तीय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङको नेतृत्वमा नेपाल भ्रमणमा आएको सात सदस्यीय चिनिया“ व्यावसायिक प्रतिनिधिमण्डलबीच शुक्रबार महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता भएको छ।
चिनियाँ चाङ यिमुद्वारा निर्देशित ‘द ग्रेट वाल’ फिल्म शनिबार राजधानीको कुमारी हलमा प्रदर्शन गरिएको छ। शुक्रबारदेखि राजधानीमा सुरू भएको चिनियाँ फिल्म महोत्सवअन्तर्गत संसारभरबाट मिलियन डलर बक्स–अफिस कलेक्सन गरेको सन् २०१६ मा रिलिज भएको एक्सन फिल्म चिनियाँ लोककथामा आधारित रहेको थियो।
पक्राउ गरिएकाहरू चीनको कुन प्रान्तका नागरिक हुन्, उनीहरू कहिले नेपाल प्रवेश गरेका हुन् र कहाँबाट नेपाल आएका हुन् भन्ने बारेमा केही खुल्न सकेको छैन।
नेपालमा हुने अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएपछि नेपाल प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बैकका एटिएमहरू ह्याकिङ, वित्तीयसहित विभिन्न अपराधमा संलग्न भएको आशंकामा एक सय२२ चिनियाँ नागरिक पक्राउ परेका हुन्।