३ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फेसबुकले चिनियाँ राष्ट्रपतिसँग माफी माग्यो

म्यान्मार ( एजेन्सी) – फेसबुकले चिनियाँ राष्ट्रपति सी जिङपिङको नाम गलत अनुवाद गरेकोप्रति माफी मागेको छ। दुई दिने म्यान्मार भ्रमणमा रहेका राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा गलत भएको थियो।

शनिबार राष्ट्रपति सीको म्यानमारकी नेतृ आङसाङ सुचीसँग कुराकानी भएको थियो। दुई नेताबीच दुईपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा सम्झौता भएको थियो। उक्त कुराकानीलाई बर्मेली भाषाको फेसबुक पोस्टमा राष्ट्रपति सीको नाम गलत उच्चारण भएको थियो। उक्त पोस्ट सुचीको आधिकारिक फेसबुक एकाउन्टबाट सेयर गरिएको थियो। फेसबुकले शनिबार एक वक्तव्य जारी गर्दैै प्राविधिक त्रुटिका कारण यस्तो भएको जनाएको छ।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले वक्तव्यमा भनेका छन्, ‘बर्मेलीबाट अंग्रेजीमा गलत अनुवाद जुन प्राविधिक कारणले भएको थियो त्यसलाई हामीले सच्याएका छौँ, यस्तो नहुनुपर्ने थियो। हामी यस विषयमा सचेत छौँ र अरु यस्ता गल्ती नहोउन भन्ने चाहन्छौँ।’ म्यान्मारमा बर्मेली भाषालाई सरकारी भाषाका रूपमा प्रयोग गरिन्छ। त्यहाँको दुई तिहाई जनसंख्याले बर्मेली भाषा बोल्ने गर्छन्। फेसबुकले सीको नाम डाटाबेसमा नराखेको पनि स्वीकार गरेको छ। त्यसैकारण उक्त गल्ती हुन गएको फेसबुकले जनाएको छ। फेसबुकको डाटाबेसमा नराखेका शब्द नभएमा अनुवादका क्रममा मिल्दोजुल्दा शब्द आउने गर्छन्। सीको नाम प्रयोग गर्नेक्रममा पनि त्यही समस्या देखिएको हो।

प्रवक्ता एन्डीले फेसबुकमा बर्मेलीबाट अंग्रेजी अनुवादको समस्याबारे जानकार रहेको र यसलाई सुधार्ने कोसिस गरिरहेको बताए। आइतबार बिहान सुची र म्यान्मार सरकारको फेसबुक पेजमा बर्मेली भाषाको अंग्रेजी अनुवादले काम गरिरहेको थिएन।

प्रकाशित: ६ माघ २०७६ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App