५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

डू एण्ड डाईको मनस्थितिबाट काम गर्नेपर्ने छः सिके राउत

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरुको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि बताए।

गठबन्धन सरकारमा जान जनमत र लोसपा तयार

जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा वर्तमान सत्ता गठबन्धनसँग सरकारमा सहकार्य गर्न सहमति जनाएका छन्।

प्रचण्डले मतपेटिका हेरफेर गरेर पनि उपेन्द्रलाई जिताउन आश्वासन दिएको छः सिके राउत

‘जसपाका कार्यकर्ताले जनमत पार्टीलाई मत हालेपनि केही हुनेवाला छैन हामीले प्रहरी प्रशासन मिलाएर मतपेटिका हेरफेर गर्ने भनेर जनतामा भंयत्रास सिर्जना गरेको राउतको आरोप छ।’

सिके राउत सप्तरी २ बाट चुनाव लड्ने

जनमत पार्टीका अध्यक्ष राउत २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्न लागेका हुन्। जनमत पार्टीका केन्द्रीय सदस्य बिपी साहले बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले राउत सप्तरी २ बाट चुनाव लड्ने निर्णय गरेको जानकारी दिए।

मन्त्रालय पुगेका जनमतका कर्याकर्ता मन्त्री नभेटेपछि तालाबन्दी गरेर फर्किए

'मन्त्रालयमा भ्रष्टाचार भएको छ त्यसको छानविन हुनुपर्ने, योजना सम्पन्न भएपनि भुक्तानी नपाएका किसानको भुक्तानी हुनुपर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने हाम्रो पार्टीको माग रहेको नेता साहले भने।'

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मकः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन्।

मधेस राजनीतिमा सिके सकस

राउतको पार्टीले किसानको नाममा आफ्नो राजनीतिक रोटी सेक्ने प्रयत्न गरेको एकथरी बुद्धिजीवीको टिप्पणी छ। अर्कोथरीले राउतको मुद्दा जायज भएपनि प्रस्तुति गलत भएको टिप्पणी गर्छन्। किसानले मलखाद नपाउने अहिलेको समस्या होइन। निर्वाचनअघि यो मुद्दा चर्काउनुले राउतको चुनावी रणनीतिलाई प्रस्ट्याएको बताउनेको फेहरिस्त लामै छ। तर राउत यस भनाइलाई अस्वीकार गर्छन्।

किसानका माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोधः राउत

जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्‍यो। किनकी एकैदिनमा यो समस्या समाधान हुने होइन। यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन।

जनमत पार्टीका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ

पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत स्थानमा सवारी साधनमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने दाउमा राउत

घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइते भई प्रादेशिक अस्पताल जनमपुरमा उपचाररत रहेको उनले बताएका छन्। उनले भने, ‘नश्लीय प्रहरीले दमन बन्द नगरे आन्दोलन अझ सशक्तरूपमा अघि बढ्छ।’ उनले अब आन्दोलनको स्वरूप फेर्न बाध्य हुने चेतावनीसमेत दिए।

जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन

किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ।

जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत निर्वाचित

जनमत पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट डा. सिके राउत अध्यक्ष निर्वाचित भएका छन्। अध्यक्ष पदका एकल उम्मेदवार उनले खसेको कूल चार हजार चार सय ४० मत मध्ये दुई हजार तीन सय २ मत प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्