२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

परीक्षा दिन नपाउँदा ३९१ विद्यार्थी अन्योलमा

कलेजको लापरबाहीका कारण तीन सय ९१ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन्। पोखरा विश्वविद्यालयले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र व्यवस्थापन संकायको स्नातकमा भर्ना लिनू भनी दिएको निर्देशनविपरीत सम्बन्धन प्राप्त कलेजहरूले आफूखुसी भर्ना लिएपछि ती विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

हार्वड विश्वविद्यालयमा कक्षा लिँदै गगनले भने, ‘अत्यन्तै युवा महसुस गरिरहेको छुँ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन थापा छोटो कक्षा लिन अमेरिका पुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कक्षा लिइरहेका छन्।

चिनियाँले गाए ‘घामको सानो टुक्रा’

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले गायिका आस्था तामाङ मास्केको गीत ‘घामको सानो टुक्रा ओडेको छु सारा पीडालाई कतै भुलेको छु’ गीत गाएका छन्।

लुम्बिनी विश्वविद्यालय : ‘अन्य विषय’ले उब्जाएका प्रश्न

‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ गत फागुन १ गते संसदमा दर्ता भयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दर्ता भएको उक्त विधेयक छलफलकै क्रममा छ।

खुला विश्वविद्यालयका प्रमाणपत्र सेनालाई अमान्य

नेपाली सेनाले सरकारलाई नै चुनौती दिँदै खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी) बाट प्राप्त शैक्षिक योग्यताका प्रमाणपत्रलाई मान्यता नदिने भएको छ। सेनाले अनलाइन शैक्षिक प्रमाणपत्रलाई पनि मान्यता नदिने जनाएको छ। शिक्षामा पहुँच बढाउन सरकारले स्थापना गरेको खुला विश्वविद्यालयबाट जारी शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिएर नेपाली सेनाले सरकारलाई नै चुनौती दिएको पीडितहरूको गुनासो छ।

शैक्षिक उन्नयनका आधार

त्रिभुवन विश्वविद्यालयको जति ठूलो नाम छ, त्यसको सुवास भने त्यसरी फैलिन पाएको छैन। देशमा रहेका अन्य विश्वविद्यालयभन्दा अग्रणी त्रिवि यथार्थमा शैक्षिक उत्कृष्टता हासिल गर्न नसकेर खुम्चिएको छ। त्रिविभन्दा धेरै पछि आएका काठमाडौं विश्वविद्यालयलगायत केहीबाहेक अन्यको प्रगतिसमेत अपेक्षाअनुरूप हुन सकेको छैन। जेठो विश्वविद्यालयले बाटो देखाउन सकेको भए मात्र यथार्थमा अन्यलाई पनि प्रतिस्पर्धा गर्ने प्रेरणा हुन्थ्यो।

सिफारिसविपरीत २६ क्याम्पसलाई २५ करोड बाँड्ने तयारी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको बुभिएको छ। जसमा त्रिविअन्तर्गतका २४ वटा र सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयका एकएकवटा क्याम्पस छन्।

‘विज्ञान र प्रविधिले अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताएका छन्। धुलिखेलस्थित काठमाडाैं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रवार विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए।

पद्मकन्या क्याम्पसमा महिला प्रमुख हुनुपर्ने माग

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या क्याम्पसको प्रमुख नियुक्तिमा विभेद भएको आरोपमा विश्वविद्यालयका महिला प्रध्यापक, महिला कर्मचारी तथा छात्राहरु आन्दोलनमा उत्रेका छन्। उपकुलपतिको दबाबमा सर्च कमिटिले वरिष्ठता र योग्यतालाई बेवास्ता गर्दै नियम मिचेर आफू निकटका प्राध्यापकलाई च्यापेर उनको नाम सिफारिस गरेपछि महिला शिक्षक, कर्मचारी तथा छात्रा आन्दोलनमा उत्रेका पद्मकन्याकी प्राडा मनसा थापा ठकुराठीले बताइन्।

स्वास्थ्यबर्धक खाना कि औषधि ?

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्नो हातामा रहेको फार्मेसीमा फलफूल तथा तरकारीसमेत बेच्न थाल्यो भने के भन्लान् ? उच्च रक्तचाप भएर जचाउन आएको बिरामीलाईलाई परीक्षणपछि औषधि दिनुको बदला तपाईँ चाबहिल चोकबाट हिँडेर दैनिक टिचिङ हस्पिटल आउनूस् भनी डाक्टरले कहेमा कस्तो प्रतिक्रिया आउला ? औषधि खाएर मधुमेहको समस्या तुरुन्तै रोकथाम गर्ने उद्देश्यले आएको बिरामीलाई चिकित्सकले दबाइ दिनुको बदला फलानो फलानो खान्की यति मात्रामा खान भनी सल्लाह दिएमा रोगीका आफन्तले के भन्लान् ?

सम्बन्धन नभएपनि भर्ना

कृषि तथा वन विश्वविद्यालयले गत असारमा ८ निजी कलेजलाई सम्बन्धन दियो। तर सम्बन्धन प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै मन्त्रीपरिषद्ले साउन १४ मा सम्बन्धन खारेजी ग¥यो। सम्बन्धन खारेजभएपछि पनि निजी कलेजले कृषि तथा वन विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई भर्ना लिएर पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन्।

विद्यावारिधिको गरिमा बढाइने

त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको भविष्य

भारतीय जनता पार्टीले सन् २०१४ को चुनावी घोषणापत्रमा ‘विश्वविद्यालय अनुदान आयोग’ पुनःसंरचना गर्ने बताएको थियो। त्यसको ४ वर्षपछि गत जुलाइमा ६३ वर्ष पुरानो भारतीय ‘विश्वविद्यालय अनुदान आयोग’लाई बिस्थापित गरी ‘हाइयर एजुकेसन कमिसन अफ इन्डिया’ खोल्ने विधेयकको मस्यौदा सार्वजनिक भयो।

त्रिविमा आर्थिक दण्डहीनताको पराकाष्ठा

त्रिभुवन विश्वविद्यालयमा व्यापक अनियमितता भएको खुलेको छ। त्रिविका कार्यकारी परिषद्का पदाधिकारीहरु, विश्वविद्यालयअन्तर्गतका विभिन्न निकाय एवं कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले आफ्ना संघसंगठनको कार्यक्रममा भाग लिन पनि त्रिविको पैसामा हवाइ यात्रा गरेको भेटिएको छ।

डिन पाठकलाई कारबाही गर्न माग

भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठकलाई निलम्बन गर्न प्राध्यापकहरूले माग गरेका छन्। ७८ लाख घुस प्रकरणका क्रममा अख्तियारका आयुक्त राजनारायण पाठकलाई घुसको सेटिङ मिलाउने भूमिका निर्वाह गरेको आरोप लागेका डिन पाठकलाई निलम्बन गर्न पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्