२१ असार २०८१ शुक्रबार
image/svg+xml

डलरको भाउ अहिलेसम्मकै महँगो

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।

बुटवलमा दशैँ सस्तो बजार सुरु

बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै उनले बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोच्ने बेला आएको बताए। बुटवललाई पर्यटकको आकर्षण केन्द्र बनाउन वडा नं. १ को पुरानो बुटवल (बटौली) लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले कामको थालनी गरेको जानकारी दिए।

चर्को ब्याजदरविरुद्ध राष्ट्र बैंकमा व्यवसायीको धर्ना

‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ,’

राष्ट्र बैंकको नेतृत्वमा तरलता संकट समाधानको उपाय निकाल्छौः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने बताएका छन्।

'नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव छ'

डेपुटी गभर्नर मिश्रले बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि वृहत लगानी जुटाउन सकिने बताए। उनले राष्ट्र बैंकले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको बताए। मिश्रले राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताए।

सम्पत्ति शुद्धिकरणमा नेपाल कमजोर भयोः गभर्नर अधिकारी

उनले सम्पत्ति शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए। उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदुतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे।

नियामक हुनुपर्ने राष्ट्र बैंक बजार नियन्त्रक : निजी क्षेत्र

नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले व्यापार र उद्योग क्षेत्रलाई धराशायी बनाउने भन्दै निजीक्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।

राष्ट्र बैंकको सञ्चालक समितिका अध्यक्षको शपथ ग्रहण

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

डा. शालिकराम पोखरेल अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन्।

कर्णालीमा कृषि उत्पादन करिव दुई प्रतिशतले बढ्यो

अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशभर १.८१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्था जोगाएर नीति ल्याउने कुरामा राष्ट्र बैंक चुक्योः पवन गोल्यान

‘बैंक तथा वित्तीय परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्छ। तर केही नीतिहरु परिवर्तन योग्य छन्। अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा मौद्रिक नीति राम्रो छ। अहिलको मौद्रिक नीतिका राम्रा पक्ष उद्योग र उत्पादशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेछ। त्यो राम्रो पक्ष हो। त्यस्तै रेमिट्यान्स बढाउने नीतिमा आएको छ त्यो पनि राम्रो हो। कर्जामा कसिलो आउने भन्दा विकल्प नै छैन। कर्जा १२ प्रतिशत भनेको छ।'

रेमिट्यान्समा वृद्धि भए पनि उद्यममा कम लगानी

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रूपैयाँ नेपाल पठाउँदै आएका छन्।

शेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा न्यूनतम रु चार करोड र अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने प्रावधान राखिएको थियो। त्यसलाई धेरैले ४/१२ को नीतिका रुपमा चित्रण गर्दै आएका थिए।

बजारमा पैसा पठाउन कम गर्ने मौद्रिक नीति

बाह्य क्षेत्रको सुधार, महँगी नियन्त्रण र वित्तीय क्षेत्रको स्थायित्व पहिलो प्राथमिकतामा राखेर नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्