३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सम्पत्ति शुद्धिकरणमा नेपाल कमजोर भयोः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धिकरण (वित्तीय अपराध) सम्बन्धी जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउने भन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले मुलुकमा सम्पत्ति शुद्धिकरण सम्बन्धी जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताए। गभर्नर अधिकारीले सम्पत्ति शुद्धिकरणको समस्या क्षणिक नभएर दीर्घकालीन रुपमा सरकारले  निराकरण गर्नुपर्ने बताए।

उनले सम्पत्ति शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए। उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदुतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे।

गभर्नर अधिकारीले अन्तराष्ट्रिय मुलुकहरुसँग सहकार्य र समन्वयन गर्नको लागि सम्पत्ति शुद्धिकरणमा नेपालले आफ्नो सम्पूर्ण तयारी पूरा गर्नुपर्ने बताए। उनले नेपाल भ्रष्टाचारले गाँजेको र अवैध कमाइ गर्नेहरुको शेयर भ्वाइसमाथि हुने गरेको भन्दै नेपाल सम्पत्ति शुद्धिकरणमा कमजोर रहेको बताए।

गभर्नर अधिकारीले नेपाल भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको बताए। उनले यसले गर्दा अन्तराष्ट्रिय मूल्याङ्कनमा कम नम्बर आएपनि सरकारी पक्षले राम्रो काम गरिरहेको बताए। गभर्नर अधिकारीले राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणको विषयमा निजी क्षेत्रसँग पनि नजिकमा रहेर काम गर्न चाहेको बताए।

उनले निजी क्षेत्रले बनाएरको प्लेटफर्म प्रयोग गरेर सबैलाई हुने साझा धारणा बनाउन नसकिएको बताए। गभर्नर अधिकारीले राष्ट्रिय परिचय पत्रको अवधारणले सम्पत्ति शुद्धिकरणको काम गर्न अझ सजिलो हुने देखिएको बताए। उनले डिजिटल कारोबारमा कोभिड अगाडि र पछाडी आकाश जमिनको फरक देखिएको बताए।

गभर्नर अधिकारीले असार एक महिनामा ४२ लाख वटा कारोबारमा १५ अर्बको बराबरको क्युआर कोडमार्फत मात्रै कारोबार भएको बताए। उनले कनेक्ट आइपिएस, आइपिएस डिजिटल पेमेन्ट, वालेट र मोबाइल बैंकिङको कारोबार व्यापक भएको बताए। गभर्नर अधिकारीले गत कात्तिक महिनाको १ गते ७ सय २८ अर्बको कारोबार रहेकोमा त्यो कारोबार ६ सय १० अर्ब मात्रै रहेको बताए।

उनले कात्तिकदेखि भदौसम्ममा १२८ अर्ब क्यास कारोबार घटेको बताए। उनले क्युआर, मोबाइल बैंकिङ कारोबार बढ्नु डिजिटलाइजेसनको प्रभाव भएको बताए। गभर्नर अधिकारीले नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको बताए। उनले डिजिटल कारोबारमा ठूलो फड्को मारे पनि जोखिम ने धेरै रहेको स्वीकार गरे।

प्रकाशित: १५ भाद्र २०७९ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App