८ आश्विन २०८१ मंगलबार
image/svg+xml

किसानलाई एक अर्ब अनुदान

सरकारले कृषि र पशुपालनलाई व्यावसायीकरण गर्न एक अर्ब रुपैयाँ अनुदान दिएको छ। कृषि मन्त्रालयले सञ्चालन गरेको व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत किसानको आयस्तरमा सुधार गर्न रकम उपलब्ध गराएको हो।

स्मार्ट बन्दैछन् किसान

सेताम्मे हिमालमा घाम टल्किँदा सुन्तली दनुवार बारीमा गोडमेल गर्दै थिइन्। बारीमा काउली, टमाटर जस्ता तरकारी हुर्किरहेका छन्। यिनै तरकारीको गोडमेल गर्नु उनको दिनचर्चा हो। काभ्रे, महादेवस्थानको भोटेरुम्टीकी सुन्तलीको घरमा पुग्दा आगनमा उनका नाति खेल्दै थिए। 'आज बूढाले खेताला लिएर धान उठाउन खेत गएका छन्,' बारीबाट घरतिर उक्लँदै उनले भनिन्, 'घाम ताप्दै, यसो तरकारी बारीमा पसेकी।'

मूल्य निर्धारण नहुन्जेल किसानले चिनी उद्योग चल्न नदिने

किसानले उत्पादन गरेको उखुको मूल्य निर्धारण नहुन्जेल तराईको कुनै पनि चिनी उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्। विगतका वर्षहरुमा उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा चिनी उद्योगीले मनपर्दो गर्ने प्रवृत्ति देखिएकोले आफ्ना उत्पादनको मूल्य निर्धारण नहुन्जेल कुनै पनि उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्।

किसान 'पेल्न' चिनी मूल्य घटाउने तयारी

चिनी उद्योगीहरु कम मूल्यमा किसानको उखु हात पार्न चिनीको थोक मूल्य नै घटाउने रणनीतिमा रहेको बुझिएको छ। चिनीको थोक मूल्यलाई आधार मानेर उखुको मूल्य तोकिनुपर्ने अडान किसानले राखेपछि उद्योगीले यस्तो रणनीति अपनाउने तयारी गरेका हुन्।

मोही किसानलाई सहयोग

अब कानुनीरूपमा दर्ता हुन सकेका मोही र सो जग्गाको जग्गावालाले मोही कायम भएको जग्गा आधा–आधा बाँडफाँट गरी लिन सक्छन् । यो अवसरलाई प्रयोग गर्नसक्दा १ लाखभन्दा बढी जोताहा किसानकोमा धेरथोर जमिनको स्वामित्व पुग्नेछ ।

बाँदरले अन्न खायो, किसानले के खाने ?

खोटाङका पाँच गाबिसका किसानले बाँदर आतंक नियन्त्रणकालागि प्रशासनलाई गुहारेका छन्। खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ, आलु लगायतका प्रमुख बालीनाली बथानका–बथानमा आउने बाँदरले खाइदिने र नष्ट गरिदिने गरेको भन्दै दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका पिडित किसानले बाँदर आतंक नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् ।

किन पाएनन् किसानले भैँसी सुत्केरी भत्ता ?

नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन्।

लागतभन्दा कम मूल्यमा उखु बेच्न बाध्य रौतहटका किसान

उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उखुको मूल्य तोक्ने वार्ता असफल भएपछि रौतहटका किसानले कौडीको भाउमा उखु बेच्न थालेका छन् । चिनी उद्योगले किन्ने मूल्यभन्दा आधा घटीमा किसानहरुले सख्खर उद्योगहरुलाई उखु बेच्न थालेको देखिएको छ ।

पुनर्निर्माणको अल्झनमा किसान

दशैं सकियो । तिहार पनि सकियो। हुँदाहुँदा छठ पनि सकियो । किसान धान थन्क्याउने चटारोमा छन् । कस्तो घर बनाउने भन्नेबारे खला–खलामा छुट्टै बहस छ ।

कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराए

जाेखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराएका छन्।

करेन्ट लागेर किसानकाे मृत्यु

पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ ।  पश्चिम चितवन नारायणी नगरपालिका-१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो ।

अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित

रामपुर(पाल्पा) - भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्। भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्।

भुक्तानी नपाएपछि उखु किसानद्वारा उद्योगमा तोडफोड

रौतहट- रौतहटका उखु किसानले गरुडास्थित श्रीराम सुगर मिल्सबाट रकम भुक्तानी नपाएपछि उद्योगमा तोडफोड गरेका छन्। उद्योगपति र उखु उत्पादक संघबीच भएको सम्झौताअनुसार उद्योगका कर्मचारीहरुले काम गर्न नमानेपछि उद्योगमा किसानहरुले मंगलवार तोडफोड गरेका हुन्।

उखु किसानको बक्यौता रकम भुक्तानी गर्न उद्योग मन्त्रालयमा सहमति

रौतहटका उखु किसानले गरुडास्थित श्रीराम सुगर मिल्सलाई गत दुई आर्थिक वर्षमा बेचेको उखुको भुक्तानीको लागि सिंहदरबारस्थित उद्योग मन्त्रालयमा तीन दिनको छलफलपछि सहमति भएको छ।

आयस्तर उकास्न किसानलाई ८३ करोड

सरकारले उच्च हिमाली क्षेत्रका किसानको आयस्तर उकास्न पौने एक अर्ब रुपैयाँ अनुदान दिने भएको छ । सोलुखुम्बु, संखुवासभा, रसुवा, दोलखा, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा कृषि व्यवसाय तथा जीविकोपार्जनमा सुधार ल्याउन पशुपक्षी मन्त्रालय अन्तर्गतको हिमाली आयोजनाबाट अनुदान दिइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्