८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मध्य तराईका किसान टनेल खेति प्रविधितर्फ आकर्षित

टनेल प्रविधिमार्फत ग्रिन हाउसमा तरकारी खेती गर्ने क्रम काठमाडौं उपत्यकाबाट अब तराइसम्म पनि विस्तार हुन थालेको छ। मध्य तराईको सलार्ही जिल्लामा टनेल खेतिले व्यापकता पाएको हो ।

अदुवा निकासी रोकिँदा किसान मर्कामा

नेपाली अदुवामा हानिकारक विषादी पाइएको भन्दै भारतीय पक्षले लिन छाडेपछि सयौं किसान र व्यापारी मारमा परेका छन्। मध्य सिजनमै अदुवा निकासी रोकिएपछि कुहिने डरले किसानलाई सताएको छ। काँकडभिट्टा नाकाबाट मंगलबारयता अदुवा निकासी रोकिएको छ।

अकबरे उत्पादनमा हौसिँदै किसान

सोयाङ गाविस–९ का तोपबहादुर बस्नेतले यो वर्ष बारीमा २ हजार ५ सय बोट अकबरे खुर्सानी लगाएका छन्। यसबाट करिब १० लाख रुपैयाँ आम्दानी गर्ने योजनामा छन् उनी। ‘यसपालि राम्रो उत्पादन छ,' उनले सुनाए, ‘अकबरे खेतीमा यो वर्ष ४० हजार रुपैयाँ लगानी गरेको थिएँ, १० लाख रुपैयाँ आम्दानीको अनुमान गरेको छु।'

चिया किसान फेरि आन्दोलित

प्रत्येक वर्ष चर्किने चियाको हरियो पत्तीको मूल्य विवाद यसपटक पनि सुरु भएको छ । उद्योगीले मूल्यमा मनपरी गरेको भन्दै वर्षौंदेखि गुनासो गर्दै र पटक–पटक आन्दोलित बन्दै आएका झापाका चिया किसान फेरि आन्दोलनमा जुटेका छन् ।

औंसा प्रकोपले आँप किसान घाटामा

खोटाङ, साउन ८ (नागरिक)– खोटाङमा आँप खेती गर्दै आएका किसान औंसा र गबारो किराको प्रकोपका कारण मारमा परेका छन्। आँपमा औंसा, गबारोलगायत किरा प्रकोपका कारण चार÷पाँच वर्षयता जिल्लाका किसान मारमा परेका हुन्।

किसानले व्यवस्थापन गरेका सिँचाइ प्रणाली

नेपालमा किसान आफैँले व्यवस्थापन गरेका सिँचाइ प्रणालीको इतिहास लामो छ। यस प्रणालीमा किसानले नै सञ्चालनदेखि मर्मत सम्भारसम्मका सबै जिम्मेवारी लिएका हुन्छन्। विगतमा सरकारको बलियो उपस्थिति नहुँदा आफ्ना जमिन सिँचाइ गर्नका लागि किसानको सामूहिक प्रयासबाट यस्ता सिँचाइ प्रणाली क्रमैसँग विकास भएको हो।

किसान परिचयपत्र वितरण ढाँचा परिवर्तन हुने

सरकारले किसान परिचयपत्र वितरणको स्वरुप फेर्ने भएको छ। दुई वर्षदेखि किसानलाई दिँदै आएको एकै वर्गको परिचयपत्रले अनुदानलगायत सुविधा उपलब्ध गराउँदा न्यायोचित नहुने भएपछि किसानको थप वर्गीकरण गर्न लागिएको हो।

किसानलाई करोड अनुदान

जिल्लाका किसानले अघिल्लो आर्थिक वर्ष झन्डै करोड रुपैयाँ अनुदान पाएका छन्। गाई, भैंसी, बंगुर, बाख्रा, कुखुरापालक किसानका साथै डेरी उद्योगले अनुदान पाएका हुन्। जिल्ला पशु सेवा कार्यालयले सबै पशुपालक किसान, दुग्ध तथा मासुजन्य व्यवसायीलाई गरी ९८ लाख ६३ हजार रुपैयाँ अनुदान वितरण गरेको हो।

किवीमा हौसिँदै किसान

साखेजुङ–७ का टेकबहादुर विष्टले किवी खेती गरेको करिब सात वर्ष भयो। सुरुमा यस खेतीबाट कति आम्दानी हुन्छ भन्ने उनलाई थाहा थिएन। त्यसैले उनले लगानीको हिसाबसमेत राखेनन्। तर, अपत्यारिलो ढंगले आम्दानी हुन थालेपछि विष्टमात्र होइन, जिल्लामै किवी खेती गर्ने किसानको संख्या बढेको छ।

अनुदान रकम वास्तविक किसान कहाँ पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणले मात्र दिगो कृषि विकास हासिल हुन सक्नेमा जोड दिएका छन्। प्रथम युवा कृषि उद्यम सम्मेलनको साेमबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालीको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिको विविधिकरण आजको प्रमुख आवश्यकता भएको बताए।

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

काठमाडौँ– व्यवस्थापिका–संसद्को साेमबारको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्नका लागि अनुगमनलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिएका छन्।

आज १५ असार, किसानलाई रोपाइँको चटारो

छोप्राक– ९ का सुरेश कुमाल मंगलवार भुसुण्डे खोलामा असिनपसिन हुँदै खेतमा आली लगाउँदै थिए । खोप्लाङ ६ का रेशमबहादुर बिक हिलाम्य भएर खेत सम्याएँदै थिए। कुमारी तामाङ ११ जना साथीसँग छुपुछुपु हिलोमा धानको बिउ रोपरिरहेकी थिइन्।

किसानको उत्पादन सहकारी मार्फत बजारमा

बागलुङ– यहाँका किसानले उत्पादन गरेको पशु तथा कृषिजन्य उत्पादन सहकारीमार्फत बजारीकरण भएको छ । दमेक र तंग्रामका किसानले आफ्नो उत्पादन सहकारीमार्फत बेच्न थालेका हुन् । किसानकै सहभागितामा स्थापना भएका सहकारीले गाउँभरिको उत्पादन संकलन गरेर बागलुङ बजारमा बिक्री गर्न थालेपछि किसानलाई निकै राहत भएको छ।

माओवादीले छाड्यो, किसानले छाडेनन्

दाङ–द्वन्द्वकालमा सिरीखुरी कब्जा घोषणा गर्दै माओवादीले 'लालझन्डा' गाडेपछि घोराही, बर्गदीका कृष्णप्रसाद शर्मा गाउँबाट विस्थापित भए । २०५८ मंसिरमा सेनाको गोली लागेर ११ किसान मारिएको घटनामा माओवादीले सुराकी आरोप लगाएपछि उनी काठमाडौं बस्न थाले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्