६ आश्विन २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङमा यसवर्षको मेयरकप आउँदो असोज ८ गतेबाट सुरु हुने

प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरीका पालिकाहरुले सहभागिता जनाउन पाउने छन्। प्रतियोगितामा सहभागी हुने पालिकाहरुले पालिकाको आधिकारिक पत्रमा खेलाडीको नाम तथा आवश्यक कागजातहरु प्रमाणित गरी असोज २ गतेभित्र फुङलिङ नगर कार्यपालिकामा पठाइसक्नुपर्ने हुन्छ।

फरवाड लघुवित्तद्वारा मृत्यु दाबी भुक्तानी

फरवाडका ताप्लेजुङ शाखा प्रवन्धक युवराज खतिवडाका अनुसार फुङलिङ नगरपालिका वडा नं ४ माछापोखरीकी कालीमाया हेम्ब्या मादेनको लिम्बूको मृत्युपछि मृतकका छोरा भूपाललाई बीमा वापत ३ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिएको छ।

व्यवसाय दर्ता नगरे ‘एक्सन’ मा उत्रने अनुगमन समितिको तयारी

जिल्ला अनुगमन समितिले ताप्लेजुङको दोभान बजारमा दर्ता नभई सञ्चालनमा रहेका व्यवसायीलाई दर्ता, मूल्य सूची र बोर्ड अनिवार्य राख्न भदौ महिनाभरीको समयसीमा दिएको छ।

२७ करोडको लगानीमा जम्बुढाँडे-मैदाने खोला खानेपानी आयोजना सुरु हुने

योजना अन्तरगत सदरमुकाम फुङलिङबाट ३१ किलोमिटर टाढा फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोलामा रहेको जम्बुढाँडे–मैदाने खोलाको पानी ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र मातहतका संरचनामा जोडिने छ।

रुखबाट लडेर एक युवकको मृत्यु

रुखबाट लडेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका २८ बर्षिय एक युवकको ज्यान गएको छ।

पहिरोबाट विस्थापित १५२ घरधुरीलाई पुर्नस्थापनाका लागि सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरोबाट विस्थापित सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका १ सय ५२ घरधुरीलाई पुर्नस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ।

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ

पक्राउ पर्नेमा आठराइ त्रिबेणी गाउँपालिकालाई वडा नं १ निघुरादिनका ६३ वर्षीय कैलाश पोमू लिम्बू रहेको प्रहरीले जनाएको छ।

एसइई ग्रेडवृद्धि परीक्षाका लागि ताप्लेजुङमा चार केन्द्र तय, केन्द्राध्यक्ष समेत तोकिए

परीक्षा केन्द्र सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक/प्रिन्सिपल वा वरिष्ठ शिक्षक केन्द्राध्यक्ष तोक्न सकिने प्रावधान रहेको छ। पहिलो दिन ११ गते १ हजार १ सय २४ जनाले र दोस्रो दिन १२ गते ५ सय ६७ जनाले ग्रेडवृद्धिको परीक्षा लेख्ने विकास तथा समन्वय इकाईले जनाएको छ।

अब फुङलिङका होटलमा क्याबिन राख्न नपाइने,भएका क्याबिन पनि हटाउनुपर्ने

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा निकायका प्रमुख र होटल व्यवसायीका प्रतिनिधि सहितको सरोकारवारवालाको बैठकले अब क्याबिन नराख्ने र भएका क्याबिनलाई तत्काल हटाउने निर्णय गरेको छ।

सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘

जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन्। ती मध्ये २४ थान मुद्दा सम्बन्धबिच्छेदको रहेको अदालतले जनाएको छ।

नेकपा एसद्धारा ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नाम सिफारिस

प्रदेशसभाको समानुपातिकतर्फ फुङलिङ नगरपालिकाका नीताकुमारी सिवा र अमर लोहार तथा आरसी पोमू(आठराइ त्रिबेणी गाउँपालिका) र देवीमाया नेपाली(मेरिङदेन गाउँपालिका)को नाम सिफारिस गरिएको लामाले जानकारी दिए।

लागूऔषध नियन्त्रण सम्बन्धी २२ बुँदे कार्ययोजना सार्वजनिक

चिकित्सकको सिफारिस बिना नियन्त्रित औषधिको बेचबिखनमा पूर्ण बन्देज लगाउने, लागूऔषधजन्य औषधिको बिक्रीमा दुरुपयोग हुन नदिन अनुगमन तथा चिकित्सकको सक्कल सिफारिसमा संकेत जनाउने, चिकित्सकको सिफारिस बेगर लागूऔषधजन्य औषधि बिक्री वितरण गर्न सक्ने सम्भावित पसलहरुको आकस्मिक अनुगमन गर्नेसहितका योजना रहेका छन्।

अढाई महिनापछि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सले भर्‍यो उडान

सुकेटार विमानस्थलमा गत जेठ १५ गतेपछि उडान हुन सकेको थिएन। उडान भर्नका लागि यात्रुहरुले टिकट बुकिङ गरेपनि मौसम सहितका कारण देखाएर जहाज आउन आएका थिएनन्।

विप्लवद्वारा पक्राउ पूर्जी खारेजी र तीन बुँदे सहमति कार्यान्वयनको माग

एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग समेत नेकपाले गरेको छ। ज्ञापन पत्रमा नेकपाले आफ्ना ४५ जना नेता तथा कार्यकर्ता जेलमा बन्दीको रुपमा रहेको दाबी गरेको छ।

कोभिड–१९ का कारण बन्द नाका खुलेनन्

नाकाबन्दीका कारण आफ्नो उत्पादनले बजार नपाउनु र उत्पादन बिक्री गरी आफ्ना लागि दैनिक उपभोग्य वस्तु आयात गर्न नसक्नुले सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकीमा कठिनाइ भई बस्ती स्थानान्तरणको जोखिम बढेको पालिकाले ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्