६ आश्विन २०८१ आइतबार
image/svg+xml

पौडी खेल्ने क्रममा मृत्यु भएका बालकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा

खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका ६ वर्षीय बालकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

नाका खुलाई सीमा क्षेत्रका बासिन्दाको दैनिकी सहज बनाइदिन जिल्ला प्रशासन कार्यालयमा पत्रचार

गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लाबुङ लिम्बूले सीमावर्ती क्षेत्रका बासिन्दाको मुख्य उत्पादन पशुजन्य पदार्थ,गलैंचा,छूर्पी र जडिबुडी चीनको स्वशासित क्षेत्र तिब्बतको रिउतर्फ निर्यात हुन नपाएकोले त्यहाँ आर्थिक मन्दी फस्टाएको बताएका छन्।

जलविद्युतको ड्याममा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

मृत्यु हुनेमा याङवरक गाउँपालिका ४ डुम्रिसेका २१ वर्षीय रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए।

स्थापना दिवसमा फोनिज ताप्लेजुङद्धारा कैदीबन्दीलाई जीवन उपयोगी पुस्तक हस्तान्तरण

१३ थान आफूले खरिद गरेको र ९ थान पुस्तक फुङलिङस्थित जनकल्याण स्टेशसनरीबाट सहयोग प्राप्त भई जम्मा २२ थान पुस्तक कैदीबन्दीका लागि हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले जानकारी दिए।

खेवाङका पहिरो पीडितलाई १२ लाख रुपैयाँ बढी राहत रकम हस्तान्तरण

उनका अनुसार पीडितलाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’, र ‘घ१’ गरी पाँच वर्गमा वर्गीकरण गरिएको थियो। ‘क’ वर्गको एक परिवारलाई ५१ हजार ४ सय ८६ रुपैयाँ प्रदान गरिएको छ। ‘ख’ वर्गका १३ परिवारलाई जनही ४५ हजार रुपैयाँका दरले ५ लाख ८५ हजार रुपैयाँ तथा ‘ग’ वर्गका १९ परिवारलाई जनही २० हजार रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ वितरण गरिएको छ। यस्तै ‘घ’ वर्गका १८ परिवारलाई जनही १० हजार रुपैयाँका दरले र ‘घ१’ वर्गको एक परिवारलाई १५ हजार रुपैयाँ प्रदान गरिएको वडाध्यक्ष दाहालले जानकारी दिए।

नागरिकता ऐन २०६३ जारी भएपछि ताप्लेजुङबाट २२ जनाले त्यागे नेपाली नागरिकता

कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनुपर्ने व्यवस्था रहेको छ।

मुख्य दललाई भड्किएको आन्तरिक राजनीति संग्ल्याउनै पर्ने बाध्यता

यहाँको अर्को मुख्य दल जनता समाजवादी पार्टी भित्र देखिएको विभाजनले त्यो पार्टीका नेता कार्यकर्ता उपेन्द्र यादव र बाबुराम भट्टराईमध्ये कुन कित्तामा बढी उभिन्छन् भन्नेमा पनि भर पर्ने देखिएको छ। जसपाका यहाँका नेता कार्यकर्ताहरु यादव र भट्टराई कुन कित्तामा उभिने भनेर प्रष्ट खुलेका छैनन्।

ताप्लेजुङमा एक बर्षमा ह्वात्तै घट्यो बाल मृत्युदर

आर्थिक बर्ष २०७७।०७८ को तुलनामा २०७८।०७९ मा नवजात शिशुको मृत्युदरमा कमी आएको हो। ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक बिजया राईका अनुसार आब २०७८।०७९ मा ३ जना नवजात शिशुको मृत्यु भएको छ। आब २०७७।०७८ मा भने ११ जना नवजात शिशुको मृत्यु भएको थियो। तर,ताप्लेजुङ जिल्ला अस्पतलमै आएर सुत्केरी भएकाको संख्या भने एकबर्षको अन्तरालमा कमी देखिएको छ।

द्वन्द्वकालमा सेवाबाट बिस्थापित ताप्लेजुङका ५ जना शिक्षकलाई पुर्नवहालीको पत्र

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले यसपहिले जुन पालिकाबाट बिस्थापित भएका थिए,सोही पालिकालाई बोधार्थ दिएर सम्बन्धित पालिकामा सम्पर्क गर्न भनेको छ।

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप गर्न सिफारिस गरिने

उनका अनुसार फुङ्लिङ नगरपालिकाको वडा नं ९ हाङ्देवास्थित शिव आधारभूत विद्यालयमा ९ सय ७१ मतदाता कायम हुने गरी नयाँ मतदानस्थल सिफारिस गरिने छ।

सान्थाक्राका आगलागी पीडितलाई जस्तापाता सहयोग

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागी पीडित परिवारलाई नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बाले करिव अढाइ लाख रुपैयाँ हाराहारी मूल्यको जस्तापाता उपलब्ध गराएको छ।

ताप्लेजुङ जिल्ला अदालतमा पहिलो पटक महिला न्यायाधीस

ताप्लेजुङ जिल्ला अदालतले पहिलो पटक ‘महिला जिल्ला न्यायाधीस’ पाउने भएको छ।

ताप्लेजुङमा २ सय २९ जनाले अझै बुझाएनन् चुनावी खर्च विवरण

ताप्लेजुङका स्थानीय तहमा उम्मेदवार बनेकामध्ये अझै २ सय २९ जनाले खर्च विवरण बुझाएका छैनन्।

दुष्कृतिजन्य कार्य गरेको फैसलाविरुद्ध नेपाल बैंकले गर्‍यो पुनरावेदन

‘फैसलामा चित्त नबुझे पुनरावेदन गर्न सकिने न्यायिक प्रावधान अन्र्तगत पुनरावेदन भएको हो’ यसलाई नियमित प्रकृयाको रुपमा बुझ्नुपर्ने बताउँदै प्रवन्धक गुरुङले भने।

ताप्लेजुङमा गत आव भन्दा झण्डै साढे तीन करोडले घट्यो राजश्व संकलन

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल शंकर राउतका अनुसार आव २०७८/०७९ मा ताप्लेजुङबाट २६ करोड १२ लाख १२ हजार ६ सय ६७ रुपैयाँ बराबर राजश्व संकलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्