१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

स्थापना दिवसमा फोनिज ताप्लेजुङद्धारा कैदीबन्दीलाई जीवन उपयोगी पुस्तक हस्तान्तरण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) ताप्लेजुङले २३ औं स्थापना दिवसको अवसर पारेर जिल्ला कारागारका कैदीबन्दीलाई जीवन उपयोगी पुस्तक हस्तान्तरण गरेको छ। 

१३ थान आफूले खरिद गरेको र ९ थान पुस्तक फुङलिङस्थित जनकल्याण स्टेशसनरीबाट सहयोग प्राप्त भई जम्मा २२ थान पुस्तक कैदीबन्दीका लागि हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले जानकारी दिए।  

जनकल्याण स्टेशसनरीका प्रोपाइटर केशवप्रसाद भट्टराई पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत हुन्। कारागारका चौकीदार ध्रुवकुमार देवानलाई कैदीबन्दीका लागि जीवन उपयोगी पुस्तक हस्तान्तरण गर्दै प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले कारागार सुधार गृहको रुपमा रहनुपर्ने बताए। करिव ४ पटक सम्म राजनीतिक बन्दीका रुपमा आफूपनि जेल परेको स्मरण गर्दै भट्टराईले जेल जीवनलाई अध्ययन र आफ्नो व्यक्तित्व सुधारको केन्द्र बनाउनुपर्नेमा जोड दिए। 

कुनै न कुनै कमजोरी वा अभियोगका कारण जेल जीवन भोग्नुपरे पनि जेल जीवनलाई आफ्नो कमजोरी सुधारको अभियान बनाउन जीवन उपयोगी पुस्तकको अध्ययन सान्र्दभिक हुने भट्टराईले बताए। कैदीबन्दीलाई ’खुल्ला जेल’को अवधारणामा लगि कुनै निश्चित सीमा र सुरक्षा भित्र कैदीबन्दीको सीप र श्रम उपयोग हुने गर्ने वातावरणका लागि संसदमा कुरा उठाएको भट्टराईको भनाई थियो। उनले कैदीबन्दीलाई प्रजनन् अधिकार प्रदान गर्नुपर्नेमा समेत जोड दिए। २०७६ सालमा भट्टराईको सहयोग र समन्वयमा जिल्ला प्रहरी कार्यालय परिसरमा पुस्तकालय स्थापना भएको छ। कारागारका चौकीदार देवानका अनुसार पुस्तक अध्ययन गर्न चाहनेका लागि कारागार प्रशासनले अभिलेख व्यवस्थापन गर्ने र सोहि अनुसार पुस्तक प्रदान तथा फिर्ताको प्रकृया सञ्चालन हुने बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले पुस्तकको अध्ययनले आफ्नो बौद्धिकतमा थप विकास हुने भएकोले कैदीबन्दीका लागि जीवन उपयोगी पुस्तक प्रभावग्राही हुने बताए। कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)कैलाश राई,सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका प्रहरी निरीक्षक कुलबहादुर भण्डारी,कारागार शाखाका प्रमुख कुलेन्द्र खवास लगायतको उपस्थिति रहेको थियो।  

प्रकाशित: २६ श्रावण २०७९ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App