३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दुष्कृतिजन्य कार्य गरेको फैसलाविरुद्ध नेपाल बैंकले गर्‍यो पुनरावेदन

एक दुष्कृतिजन्य कार्य गरेको अभियोगमा दोषी ठहर गर्दै वादीलाई १ करोड ३ लाख बढी रकम क्षतिपूर्ति दिलाइ भराउन आदेश भएको ताप्लेजुङ जिल्ला अदालतको फैसलाविरुद्ध नेपाल बैंक लिमिटेडले पुनरावेदन गरेको छ।

नेपाल बैंकले उच्च अदालत विराटनगर, इलाम इजलासमा पुनरावेदन गरेको नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बिनोद गुरुङले जानकारी दिए। ‘फैसलामा चित्त नबुझे पुनरावेदन गर्न सकिने न्यायिक प्रावधान अन्तरगत पुनरावेदन भएको हो’ यसलाई नियमित प्रकृयाको रुपमा बुझ्नुपर्ने बताउँदै प्रवन्धक गुरुङले भने।

उनका अनुसार नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँमार्फत् पुनरावेदन भएको छ। अदालती प्रकृयाको कारबाहीमा सामेल हुने दायित्व भने नेपाल बैंक लिमिटेडको इलाम शाखालाई दिइएको नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयलाई उधृत गर्दै गुरुङले जानकारी दिए। आर्थिक दायित्व बहन गर्नुपर्नेमा त्यस्तो कार्य नगरे वापत हुने हानी नोक्सानीलाई दुष्कृतिजन्य कार्य भनिन्छ।

ताप्लेजुङ जिल्ला अदालतले वादी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारमा हार्डवेयर पसल गरी बस्ने जीवनप्रसाद पौडेललाई दुष्कृति गरेको ठहर गर्दै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।

पौडेल दोभान बजारमा सञ्चालित चन्द्रमा हार्डवेयर फर्मका प्रोपाइटर हुन्। अदालतले फिराद दाबी बमोजिम प्रतिवादी नेपाल बैंक लिमिटेडले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको र यही कारणबाट वादीलाइ हानी नोक्सानी क्षति हुन पुगेको भन्दै यो कार्य मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ (१) (२) र ६७५ (१) बमोजिम दुष्तिकृतिजन्य कार्य भएको ठहर गरेको थियो।

प्रकाशित: ९ श्रावण २०७९ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App