१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

द्वन्द्वकालमा सेवाबाट बिस्थापित ताप्लेजुङका ५ जना शिक्षकलाई पुर्नवहालीको पत्र

१० वर्षे सशस्त्र द्वन्द्वकालमा सेवाबाट बिस्थापित भएका ताप्लेजुङका ५ जना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले पुर्नवहालीको पत्र दिएको छ। 

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले यसपहिले जुन पालिकाबाट बिस्थापित भएका थिए,सोही पालिकालाई बोधार्थ दिएर सम्बन्धित पालिकामा सम्पर्क गर्न भनेको छ। पुर्नवहालीको पत्र पाउनेमा माध्यमिक तहका १ र प्राथमिक(आधारभूत)तहका ४ जना शिक्षक रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए। 

माध्यमिक तहका नन्दकुमार भण्डारीलाई मिक्वाखोला गाउँपालिका अन्र्तगत पदस्थापनका लाागि सिफारिस गरिएको छ। यस्तै प्रावि तहका पदमबहादुर ऐङदेनलाई पनि मिक्वाखोला गाउँपालिका अन्र्तगत पदस्थापनका लाागि सिफारिस गरिएको छ। प्रावि तहकै कमलप्रसाद मैनाली(कौशल)लाई आठराइ त्रिबेणी गाउँपालिका र दीपक भण्डारी र जगतबहादुर दाहाललाई सिरिजङ्गा गाउँपालिकामा पदस्थापनका लागि सम्वन्धित पालिकालाइ अनुरोध पत्र पठाइएको भट्टराईले जानकारी दिए। भण्डारी पेदाङबाट र दाहाल मामाङ्खेबाट बिस्थापनमा परेका थिए।

सम्भव भएसम्म सिफारिस गरिएकै स्थानमा पदस्थापनका लागि पालिकालाइ अनुरोध गरिएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ। सरकारले २०७८ साल फागुन १६ गते सशस्त्र द्धन्दका समयमा पेशाबाट बिस्थापन भएका स्थायी शिक्षकलाई पुर्नवहाली गर्ने निर्णय गर्दै द्वन्द्वकै कारण सेवाविहीन बनेका शिक्षकहरुको नामावली प्रकाशित गरेको थियो। 

प्रकाशित: २० श्रावण २०७९ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App