१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

एसइई ग्रेडवृद्धि परीक्षाका लागि ताप्लेजुङमा चार केन्द्र तय, केन्द्राध्यक्ष समेत तोकिए

माध्यमिक शिक्षा परीक्षा (एसइई) को भदौ ११ र १२ गते हुने ग्रेडवद्धि परीक्षाका लागि ताप्लेजुङमा केन्द्र र केन्द्राध्यक्ष तोकिएका छन्। सदरमुकाम फुङलिङका तीन वटा विद्यालयहरुमा चार केन्द्रमार्फत् परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए।

उनका अनुसार भानुजन माविमा ‘क’ र ‘ख’ गरी दुई केन्द्र, लिटिलबुद्ध इङलिस बोर्डिङ स्कुल र युवा वर्ष मावि कैंजलेमा परीक्षा केन्द्र तोकिएको छ। भट्टराईका अनुसार भानु मावि ‘क’ परीक्षा केन्द्रमा राजमणि प्याकुरेल, ‘ख’ केन्द्रमा युवराज पौडेल, लिटिलबुद्ध परीक्षा केन्द्रमा युवराज गिरी र युवा वर्षमा चन्द्रमणि पौडेल केन्द्राध्यक्ष चयन भएका छन्।

परीक्षा केन्द्र सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक/प्रिन्सिपल वा वरिष्ठ शिक्षक केन्द्राध्यक्ष तोक्न सकिने प्रावधान रहेको छ। पहिलो दिन ११ गते १ हजार १ सय २४ जनाले र दोस्रो दिन १२ गते ५ सय ६७ जनाले ग्रेडवृद्धिको परीक्षा लेख्ने विकास तथा समन्वय इकाईले जनाएको छ।

पहिलो दिन लिटलबुद्ध परीक्षा केन्द्रमा २ सय ८२ जनाले, भानु मावि ‘क’ केन्द्रमा २ सय ६९ जना र ‘ख’ केन्द्रमा २ सय ८७ जनाले र युवा वर्षमा २ सय ८६ जनाले परीक्षा लेख्ने भएका छन्। दोस्रो दिन लिटलबुद्ध परीक्षा केन्द्रमा १ सय ५७ जनाले, भानु मावि ‘क’ केन्द्रमा १ सय ३६ जना र ‘ख’ केन्द्रमा १ सय २९ जनाले र युवा वर्षमा १ सय ४५ जनाले परीक्षा लेख्ने छन्।

लिटलबुद्धमा ९,भानु मावि ‘क’ मा १० र ‘ख’ मा २६ तथा युवा वर्षमा २१ वटा विद्यालयका विद्यार्थीले परीक्षा लेख्ने भएका छन्। भट्टराईका अनुसार एयटा मात्र विषयको ग्रेडवृद्धि परीक्षा लेख्नेले पहिलो दिन भदौ ११ गते नै परीक्षा लेख्नुपर्ने हुन्छ। दुई वटा विषय लेख्नेको हकमा कोडमध्ये सानो कोड भए पहिलो र ठूलो कोड भए दोस्रो दिन परीक्षा लेख्नुपर्ने उनले जानकारी दिए।

माध्यमिक शिक्षा परीक्षाको नियमिततर्फ २ हजार २ सय २३ जनाले परीक्षा लेख्न आवेदन गरेकोमा करिब १ सय ५० जना उतिबेलाकै परीक्षाको अनुपस्थित भएको समेत शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App