कर्णालीले आफैँ जलविद्युत् निर्माण गर्ने
‘कर्णालीको पानीः जनताको लगानी’ अभियान सञ्चालनका लागि जलस्रोत गुरुयोजना तयार गरी सिँचाइ, खानेपानी, जलासय र जलविद्युत्को विकास र बहुद्देश्यीय उपयोग गर्ने नीति लिएको हो।
‘कर्णालीको पानीः जनताको लगानी’ अभियान सञ्चालनका लागि जलस्रोत गुरुयोजना तयार गरी सिँचाइ, खानेपानी, जलासय र जलविद्युत्को विकास र बहुद्देश्यीय उपयोग गर्ने नीति लिएको हो।
खोटाङको रावाबेसी गाउँपालिकामा हाइड्रोपावर र सिँचाइ आयोजनाबीच विवाद चर्किएको छ। दूधकोसी पावर कम्पनी प्रालिले निर्माण गर्ने ६.५ मेगावाटको रावाखोला जलविद्युत आयोजना र रावाबेसी गाउँपालिका–६ हौंचुरस्थित हौंचुर गरा सिँचाइ आयोजनाबीच विवाद चुलिएको हो।
रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार भन्दा बढी विरुवा रोपेको छ । आयोजनाले आयोजना तथा प्रसारण लाइन निर्माणको लागि रुख कटान गरेवापत ७ हजार ३ सय ८१ वटा विरुवा रोपेको हो ।
रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा ९ वर्षअघि सुरु गरिएको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । आयोजनाको पहुँचमार्ग तथा थप संरचना निर्माणको लागि १ सय ४१ वटा रुख कटान भइसकेको छ । काटिएका रुखमा गोब्रे सल्ला र धुपीसल्लो जातका छन् ।
अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको छ। साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै निर्वाध विद्युत् आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको प्राधिकरणले जनाएको छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले कोरोना संक्रमणको बढ्दो दरलाई मध्येनजर गर्दै हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन र ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना र सान्जेन जलविद्युत् आयोजनामा रहेका अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ। जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि आयोजना तथा आयोजना निर्माण गर्ने ठेकेदारले खाली सिलिन्डर हस्तान्तरण गरेका हुन्।
प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्नेछ। योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले बिहीबारदेखि व्यवसाययिक उत्पादन थालेको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३६ वटा सडक फराकिलो र कालोपत्रे गर्ने काम भइरहेको छ। संघीय, प्रदेश र स्थानीय सरकारमार्फत ४० करोड आठ लाख रूपैयाँमा निर्माण भइरहेका यी सडकमा पर्ने विद्युत्का पोल नहटाइँदा समस्या उत्पन्न भएको छ।
रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सामग्रीको आयात सुरु भएको छ।
वैदेशिक लगानीमा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) नेपाली रूपैयाँमा गरिएको छ। यसअघि वैदेशिक लगानीमा निर्माण हुने आयोजनाको पिपिए सम्झौता डलरमा गर्ने गरिन्थ्यो।
१ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँध तथा नदी फर्काउने पहिलो प्याकेजको ठेक्का सम्झौता भएको छ। आयोजनाको बाँध तथा नदी फर्काउने कामको ठेक्का सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन जेभीले १६ अर्ब ६२ करोड रूपैयाँमा पाएको छ।
कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गरेर बिजुली किन्न अनुरोध गरेको हो। भारतीय कम्पनीले नौ सय मेगावाट आयोजना संखुवासभामा निर्माण गरिरहेको छ। अहिलेसम्म आयोजनाको करिब ४० प्रतिशत काम सकिएको छ। कम्पनीले इच्छुक फर्म वा कम्पनीले ४ अप्रिल २०२१ सम्म बिजुली खरिदबिक्री प्रक्रियामा सहभागिता जनाउनुपर्ने बताएको छ।
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष ०७७/७८ भित्रै उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्न प्रक्रिया अघि बढाएको छ।