११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अफ्रिकामा प्रतिरोधको तयारी छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण प्रतिरोधका लागि अफ्रिकामा तयारी नभएको भन्दै शनिबार चासो व्यक्त गरेको छ।

दरबार स्कुल भवन हस्तान्तरणमा ढिलाइ

चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवन हस्तान्तरणका लागि चिनियाँ टोली आउनुपर्छ तर कोरोना भाइरसले गर्दा टोली आउन सकेको छैन।

इरानमा पनि कोरोनाबाट पाँच जनाको मृत्यु

इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

कोरोना भाइरस कति बाँच्छ?

कोरोना भाइरस सफाइ नपुगेर सर्छ भन्ने आधार देखिँदैन र सफा भइरहेका स्वास्थ्यकर्मीमा समेत संक्रमण हुनु भनेको गम्भीर विषय हो।

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न्।

कोरोनामा हराएको करुणा

‘साडेन्फ्र्वाइड’ अर्थात् अरूका अप्ठेरा/दुःखमा रमाउने र सन्तुष्टि लिने परपीडक मानसिकता कुनै न कुनै रूपमा हामी सबैमा देखापरिरहेकै हुने रहेछ। परपीडा–सुखमा केही बेर रमाउँदा थाहै नपाई आफैं पनि उस्तै वा फरक खाले पीडामा धेरै बेर डुब्ने स्थिति आउँछ, प्रायः आइरहेकै हुन्छ।

चिनियाँ घाउमा नुनचुक

सकिन्छ, हाम्रा सञ्चारमाध्यमले पनि चाइना डेली पिपुल्स डेलीको जस्तै सम्पादकीय लेखेर चिनियाँ घाउमा ममलपट्टी लगाऔं। सकिँदैन, कमसेकम चिनियाँ घाउमा नुनचुक नछर्कौं।

चीनमा नयाँ संक्रमण घट्दो : चिनियाँ अधिकारी

चिनियाँ अधिकारीहरूले कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणको केन्द्रविन्दु हुबेई प्रान्तमा नयाँ संक्रमणको दर ह्वात्तै घटिरहेको बताएका छन्।

चिनियाँ पर्यटक ८० प्रतिशतले घटे

चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटेका छन्।

‘नो टाइम टु डाई’ को प्रिमियर रद्द

कोरोना भाइरसका कारण चीनको बेइजिङमा आयोजना हुने भनिएको ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको प्रिमियर रद्द गरिएको छ।

खरिपाटी क्वारेन्टाइनः कोरोना नभएको पुष्टि

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट आइतबार स्वदेश फर्काइएका नेपाली कसैमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

अर्थतन्त्रमा कोरोना असर

नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले यहाँको आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको छ।

कोरोना भाइरसको त्रास हटाउन घरघर पुगेर सचेतना

भक्तपुरको खरिपाटीलाई क्वारेन्टाइनस्थल बनाएसँंगै स्थानीय त्रसित हुने क्रम नरोकेपछि घरघरमा पुगेर जनचेतना दिने काम भएको छ। कोेरोना भाइरस आक्रान्त चीनमा रहेका नेपालीलाई उद्धार गरी भक्तपुरको खरिपाटीको क्वारेन्टाइनमा राखेसँंगै त्रसित हुन नछोडेपछि खरिपाटी आसपासका घरघरमा पुगेर जनचेतना जगाउने काम भएको हो।

भ्रमणका लागि सुरक्षित : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन्। चीनबाट उद्धार गरिएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।

वुहानबाट ल्याइएका कसैमा संक्रमण छैन

कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहानबाट नेपाल ल्याइएका सबैमा भाइरसको संक्रमण नरहेको पाइएको छ। आइतबार वुहानबाट १७५ जनालाई नेपाल ल्याइएको थियो। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुको नाक र घाँटीबाट स्याम्पल लिएर परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ पाइएको जानकारी दिइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्