१२ मंसिर २०८१ बुधबार
image/svg+xml

'कोभिड–१९ का अधिकांश संक्रमण मध्यम'

– चीनमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमित धेरैजसो मानिसमा हल्का प्रकारका संक्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन्।

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

कोरोना जीवाणुः उहान अस्पतालका निर्देशकको मृत्यु

कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ।

जोखिम मोलेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र चीनबीच सञ्चालनमा रहेको रसुवागढी नाका अहिले सुनसान छ।

मित्र चिन्ने बेला

नयाँ कोरोना भाइरसबाट हुने निमोनियाको संक्रमण फैलिएयता चिनियाँ र विश्वभरका मानिसप्रति उच्च जिम्मेवारीबोधका कारण चीन सरकारले संक्रमण नियन्त्रणमा विस्तृत र मिहिन तरिकाले काम गरिरहेको छ।

कोरोनामा कर्तव्य

धन्य ! अहिलेसम्म नेपालले कोरोना महामारी बेहोर्नुपरेको छैन। सबै नेपालीको अवस्था सामान्य छ। तर पनि यसलाई संकटकालकै रूपमा व्यवहार गर्ने र सकेसम्म संक्रमण हुन नदिनेतर्फ ध्यान दिन आवश्यक छ।

दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु

चीनमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो एकै दिनमा थप एक सय ४२ जनाको मृत्यु भएको हो।

कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

म्युनिख विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ।

यसरी राखिएको छ क्वारेन्टाइनमा वुहानबाट ल्याइएका नेपालीलाई

कोरोना भाइरस (कोभिड–१९)को इपिसेन्टर मानिएको चीनको वुहानबाट उद्वार गरेर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। नेपाल एयर लाइन्सको विमान आज बिहान त्रिभुवन विमानस्थलमा उत्रिएसँगै विशेषरुपमा तयार पारिएका सवारी साधानमा राखेर क्वारेन्टाइनमा पुर्‍याइयो।

कोरना भाइरसले खिम्ती २ र लाङटाङ हाइड्रोको निर्माण ठप्प

चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।

कोरोना भाइरस सङ्क्रमण : फ्रान्समा पनि एकको मृत्यु

कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ। शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने। 'चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।'

'क्यारेन्टाइन' मा विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव

प्रतिरक्षा शक्ति बढाउन विशेष गरी भिटामिन सीयुक्त सुन्तलालगायतका फलफूल खानुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, झोल पदार्थ खानुपर्नेलगायतका खानामा पनि विशेष ध्यानदिनुपर्ने जनाइएको छ।

एक हजार ७ सय चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण, ६ जनाको मृत्यु

कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न एक हजार ७ सय १६ जनामा भाइरसकाे संक्रमण भेटिएको छ। जसमध्ये ६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्