८ वैशाख २०८१ शनिबार
राजनीति

भ्रमणका लागि सुरक्षित : मन्त्री भट्टराई

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन्। चीनबाट उद्धार गरिएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।

आजका मितिसम्म नेपालमा एक जना पनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताए। नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पारे। उनले चीनले आफूलाई कोरोनाबाट सम्पूर्ण रुपमामाथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए।

पर्यटन बजार कमजोर हुँदा सरकार र निजी क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रुपमा ध्यान दिँदै बैकल्पिक बजारमा जानुपर्ने बताए। चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उनले बताए। चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी युरोप, अमेरिका, मध्य पूर्व लगायतका देशमा परिचालन गरिने उनले बताए।

मन्त्री भट्टराईले छिमेकी मुलुकले ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला अहिले नभएको पनि बताए। नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफूले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए। 

प्रकाशित: ७ फाल्गुन २०७६ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App