५ आश्विन २०८१ शनिबार
image/svg+xml

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो।

मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।

चितवनका पशुमा लम्पी स्किन खोप लगाउन रकम अभाव

चितवनका गाई भैँसीलाई लम्पी स्किन रोगको खोप लगाउन रकम अभाव भएको छ। जिल्लामा महामारीकै रुपमा फैलिएको यस रोग नियन्त्रणका लागि बजेट नभएपछि खोप खरिद नसकिएको हो।

कञ्चनपुरमा दादुरा-रुबेला खोप अभियान

कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ।

९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ। कोभिड-१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाई छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।

पाठेघरको क्यान्सरविरुद्ध २० हजार खोप आउने

नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अर्थात् पेपिलोमा भाइरसविरुद्ध २० हजार खोप छिट्टै आउने भएको छ। यो खोप जेठ महिनाभित्र आउने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

‘बुस्टर डोज’ लगाउने न्यून

कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।

आज बालबालिकालाई नियमित खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ।

सिमकोट साक्षर घोषणा हुँदै

हुम्लास्थित सिमकोट गाउँपालिकालाई साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणाको अन्तिम तयारी गरिएको छ। यसका लागि तयार पारिएका सूचक कार्यान्वयनमा आएसँगै पालिकालाई यही २५ गते साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्न थालिएको हो।

विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

महानगरपालिकाको कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो।

तीन लाख पशुमा पूर्ण खोप लगाइँदै

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम थालिएको छ।

पशुमा खोप प्रभावकारी, किसानलाई राहत

पशुचौपायामा लाग्ने रोगको न्युनिकरण गर्न भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले वर्षेनी खोप कार्यक्रम गर्दै आएको छ। गण्डकी प्रदेश सरकारले २०७६/७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो। पूर्ण खोपको व्यवस्था अनुसार नै कास्कीका विभिन्न क्षेत्रका पशु चौपायालाई खोप कार्यक्रम गरिएको केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्