२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालयले आज  आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख सुरेन्द्र गुरुङले मनाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन। प्रत्येक घरघरमा पुगेर पूर्ण खोप लगाएको तथ्याङ्क सङ्कलनपश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए। उनका अनुसार जिल्लाका आठ हजार आठ सय २१ जनाको तथ्याङ्क सङ्कलन गरिएको थियो। सङ्कलित तथ्याङ्कमध्ये पाँच हजार नौजना जिल्लामा नै बसोबास गर्दै आएका छन् भने दुई सय ६३ जना वैदेशिक रोजगारीमा गएको पाइएको उनले बताए।

स्थानीय तहअनुसार चामे गाउँपालिकामा नौ सय ६३, नार्पाभूमि गाउँपालिकामा पाँच सय ८९, नासों गाउँपालिकामा दुई हजार एक सय आठ र मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार तीन सय ४९ गरी पाँच हजार नौजनाले बताए।  

जिल्लाका सबै स्थानीय तहका १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिकाबमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: १३ असार २०८० ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App