२० आश्विन २०८१ आइतबार
image/svg+xml

विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

चितवनको कुरिनटारमा नवनिर्मित विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन समाहरोलाई सम्बोधन गर्दै उनले बाढीपहिरो तथा अन्य बिपत्तिको समयमा विभिन्न समस्याका बावजुद सशस्त्र प्रहरी कर्मचारीहरूले महत्वपूर्ण योगदानको प्रशंसा पुर्‍याएको बताए।

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्। विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना बनाउन थालेको दशरथचन्द नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन विनोदबहादुर चन्दले बताए।

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

स्थानीय तहमा विपद् पूर्व तयारीका योजना नहुँदा विपद्को समयमा समस्या पर्ने भन्दै दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि विपद् व्यवस्थापनमा जुटेका छन्। भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्।

ताप्लेजुङको फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने

लक्षण बेगरका कोरोना संक्रमित र शंकास्पदलाई राख्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने भएको छ।

‘विपद् व्यवस्थापनका लागि प्रदेशमा बजेट छैन’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले विपद् व्यवस्थापनका लागि मन्त्रालयमा बजेट नभएको बताएका छन्। प्रदेशसभा अर्थ तथा विकास समितिले बिहीबार गरेको छलफलमा उनले विपद् व्यवस्थापनका लागि भनेर छुट्टै कोष नहुँदा बजेटको अभाव भएको बताए। बजेट अभाव हुँदा पनि प्रदेश सरकारले राहात तथा उद्धारको काम गरिरहेको बताए।

हेलिकोप्टर किन्ने गृहको प्रस्तावमा अर्थ तगारो

गृहले कम्तीमा एमआई १७ हेलिकोप्टर किन्न आवश्यक बजेट व्यवस्था गरिदिन अर्थसँग प्रस्ताव गरेको थियो। गृहले विपद्का बेला प्रयोग गर्नेगरी हेलिकोप्टर किन्न २०७२ सालदेखि अर्थसँग बजेट माग्दै आएको छ।

तीन महिनाको विपद् : कूल १५५ को मृत्यु, ५२ बेपत्ता

मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ ।

बर्खामा सधै पहिरोको त्रास

बर्खा सुरु भएसँगै सुदूरपहाडी जिल्लामा पहिरोको जोखिम बढने गरेको छ। पहाडी धरातल, सडक निर्माणलगायत मानवीय संरचनाको कारण बर्खायाममा पहिरोले जनधनको क्षति गर्दे आएको छ। गत शनिबार मात्रै बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसमा गाउँमाथिबाट आएको पहिरोले ७ जनाले ज्यान गुमाए भने लाखौको धनमाल क्षति भयो।

पहिरोको जोखिममा स्थानीय तह, विपद् व्यवस्थापन योजना छैन

बैतडीका ८ वटा स्थानीय स्थानीय तह पहिरोको जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका १० स्थानीय तहमध्ये पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलासैनी गाउँपालिका पहिरोको जोखिममा रहेका छन् ।

विपद् व्यवस्थापनमा सरकारी संयन्त्र र कामकारबाही कस्तो छ ?

प्रायः विपद्का बेला के गर्ने के नगर्ने भन्ने सरकारलाई तुरुन्त निर्णय लिन कठिन हुन्छ । अतः यस्ता कुरालाई ध्यानमा राखी सरकारले विपद् व्यवस्थापन परिषद्को व्यवस्थापन गर्छ । विपद् व्यवस्थापन परिषद्ले गर्नुपर्ने काम र यसको एकीकृत रुप निम्न प्रकारका छन्

वर्षायाममा सडक नियमित सञ्चालन गर्न जिम्मेवारी तोकियो

वर्षायाममा पहिरो तथा हिलोका कारण सडक अवरुद्ध हुने कुरालाई मध्यनजर गर्दै सडक नियमित सञ्चालन गर्न जिम्मेवारी तोकिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले वर्षाका समयमा जिल्लाको ६ वटा सडक खण्डलाई नियमित सञ्चालन गर्न जिम्मेवारी तोकिएको हो।

सुर्खेतमा निर्वाध गैरखाद्य सामग्री आयात

वैशाख २९ गते प्रदेश विपद् व्यवस्थापन केन्द्रले ‘स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य, कृषि तथा पशुपालनका लागि अत्यावश्यक सामग्री, निर्माण तथा खाद्य सामग्री र पेट्रोलियम पदार्थसँगै पाठ्यपुस्तक, पाठ्यसामग्री र स्टेशनरी प्रदेश सीमाबाट सुरक्षितरूपमा प्रवेश हुन दिने तथा आन्तरिक ढुवानीको व्यवस्था मिलाउने’ निर्णय गर्‍यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्