६ आश्विन २०८१ आइतबार
image/svg+xml

श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन्।

विदेशी मुद्रा घटेको बेला भारत तस्करी हुने सुपारी आयात खुला

सुपारी आयात र बिक्री वितरणमा व्यापारीदेखि उच्च सरकारी अधिकारीको मिलेमतो हुने गरेको छ। सरकारले वार्षिक करिब २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिन्छ। सोमध्ये करिब २० हजार मेट्रिक टन सुपारी भारततर्फ निकासी हुने गरेको स्रोतको दाबी छ।

मन्त्रिपरिषद् बैठकको निर्णयः अमेरिकी डलर २ अर्ब १४ करोड थप ऋण सहायता स्वीकार

सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

एमसीसी नेपालको आन्तरिक राजनीतिमा किचलो गर्न ल्याइएको हो: रामकुमारी झाँक्री

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन्।

मन्त्रिपरिषद्को बैठक बस्दै

सत्ता गठबन्धनमा आबद्ध दलहरू एमसीसीको पक्ष र विपक्षमा उभिदा सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

चुनाव घोषणापछि एकै दिन ८ सचिवको सरुवा

मन्त्रिपरिषद्ले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा पनि सचिव फेरबदल गरेको छ। भूमि व्यवस्था सचिव गणेश पाण्डेलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा लगिएको छ। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव रामप्रसाद थपलियालाई भूमि व्यवस्थामा लगिएको छ। वाणिज्य सचिव दिनेश भट्टराइलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ।

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले उक्त आदेश माग गर्दै रिट निवेदन दायर गरेका हुन्।

मेलम्चीको कार्ययोजना यथाशीघ्र स्वीकृत गर्न निर्देशन

अहिले मेलम्ची खानेपानीसम्बन्धी आयोजनाको कार्ययोजना मन्त्रिपरिषद्मा थन्किरहेको छ। मन्त्रिपरिषद् बैंठकले समयमा कार्ययोजना स्वीकृत नगर्दा मेलम्ची आयोजनाको मर्मतसम्भारको कार्य अघि बढ्न सकेको छैन।

मन्त्रिपरिषद् बिस्तार माघ १२ पछि

प्रदेश १ सरकारको बिहीबारको बैठकले विभिन्न ५ वटा निर्णय गरेको मन्त्री आङ्वोले बताए। उनका अनुसार प्रदेश १ को सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालयमा नौ सचिव

मन्त्रिपरिषद्ले महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। खतिवडाले आइतबारदेखि प्रम कार्यालयमा हाजिरी गर्न सुरु गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। खतिवडालाई अतिरिक्त समूहमा राखिएको छ।

विद्युत् नियमन आयोग: पदाधिकारीमाथि छानबिन हुँदै

मन्त्रिपरिषद्को गत साता बसेको बैठकले आयोग अध्यक्ष दिल्लीबहादुरसिंह, सदस्यहरू भागिरथी ज्ञवाली र रामेश्वरप्रसाद कलवारको कार्यसम्पादनमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेको हो।

गहुँलाई मल छैन धानको लागि किन्न पौने १२ अर्ब

अर्थबाट रासायनिक मल खरिद गर्न थप पौने १२ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘मल खरिदका लागि थप बजेट माग गरेका थियौं,’ मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘अर्थ मन्त्रालयले मल किन्न थप ११ अर्ब ७५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेको छ।’

होटल क्वारेन्टिन निर्देशन फिर्ता

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउने यात्रुलाई होटल क्वारेन्टिनमा बस्न दिएको आदेश स्थगित भएको छ।

आगलागी पीडितलाई प्रदेश सरकारको राहत प्याकेज

आंशिक घर क्षतितर्फ एक लाखसम्मका लागि २५ हजार, २७ लाखदेखि ५० लाखसम्मलाई पचास हजार र ५० लाखभन्दा माथि क्षति व्यहोरेकाहरुलाई ७५ हजार रकम राहत उपलब्ध गराइने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्