२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

होटल क्वारेन्टिन निर्देशन फिर्ता

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउने यात्रुलाई होटल क्वारेन्टिनमा बस्न दिएको आदेश स्थगित भएको छ।

शुक्रबार अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै जोखिमपूर्ण देशको सूचीमा रहेका ६७ देशबाट नेपाल प्रवेश गरेका यात्रुलाई आफ्नै खर्चमा ७ दिन होटल र ७ दिन होम क्वारेन्टिन बस्न निर्देशन जारी गरेको थियो।

शनिबार पुनः विज्ञप्ति जारी गरेर हाललाई उक्त निर्णय फिर्ता लिइएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार विभागले पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण गर्न र सात दिन होटल क्वारेन्टिन बस्न र रिपोर्ट नेगेटिभ आएपछि पनि थप ७ दिन होम क्वारेन्टिनमा बस्न निर्देशन दिएको थियो। विभागले क्वारेन्टिन नियम फिर्ता लिनुको कारण भने खुलाएको छैन। जोखिमपूर्ण देशको सूचीमा अफ्रिका, युरोप तथा एसियाली मुलुक समेत थिए।

प्रकाशित: ४ पुस २०७८ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App