३० वैशाख २०८१ आइतबार
image/svg+xml

इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबारबिहिन

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

नेपालको लज्जास्पद हार

३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको नेपाली फुटबल टोली बुधबार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ।

विमानका सबै यात्रुको मृत्यु भएको अाशंका: खोजी कार्य जारी

ईन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानमा सवार १८९ जनाको नै मृत्यु भएको आश‌ंका गरिएको छ। सो विमान उडेको केही मिनेटमै सम्पर्कविहिन भएको थियो। विमान खोज्न साेनार विधि र ड्रोनको प्रयोग गरिएको छ।

एशियाली खेलकुदको औपचारिक उद्घाटन

एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको शनिबार साँझ इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरे। समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए। उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी छन्।

इण्डोनेसियामा शक्तिशाली भूकम्प, २१ को मृत्यु

इण्डोनसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इण्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो। सो भूकम्पमा परी हालसम्म २१ जनाको मृत्यु भएको जनाइएको छ। इण्डोनेसियाको आचे प्रान्तमा भूकम्पको केन्द्र विन्दु रहेको अमेरिकन जियोलजिकल सर्वेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्