२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गठबन्धनका गथासा

अहिले आएर फेरि देउवालाई एमसिसी पारित गर्ने विषयमा गठबन्धनको दह्रिलो साथ आवश्यक छ। नेपालले पनि यतिबेला गठबन्धन बलियो बनाउन र सरकारलाई अक्षम सावित हुनबाट जोगाउन भूमिका खेल्नुपर्ने बेला आएको छ।

जसपामा यादव समुदायकै ११ जना मन्त्रीका आकांक्षी

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) मा मन्त्रीका आकांक्षी धेरै हुँदा छनोट गर्न अध्यक्ष उपेन्द्र यादवलाई सकस भएको छ। जसपामा यादव समुदायका मात्रै ११ जनाले मन्त्रीको आकांक्षा राखेका छन्। जसपाले सरकारमा ६ वटा मन्त्रालय पाउने सम्भावना छ।

मधेसमा तागत जाँच्दै जसपा र लोसपा

दल विभाजनपछि सनाखत गर्न आयोगले तोकेको म्याद दुवै दलका लागि ‘सकसपूर्ण’ भएको छ। लोसपालाई जसपाबाट सांसद तान्न चुनौती छ भने जसपालाई सांसद कसरी रोक्ने भन्ने समस्या छ।

अध्यादेश ल्याई दलदलमा भासिएकाको उद्धार: यादव

पार्टीको निर्णय नमान्ने, आफैंले गरेको सहमति तोड्ने, स्वविवेकले निर्णय गर्न नसक्नेहरूको झुन्डले देश र मधेसको भलो गर्न नसक्ने उनको भनाइ थियो। ‘८० प्रतिशत नेताकार्यकर्ता मूल पार्टी जसपामै छन्,’ उनले भने।

उपेन्द्र यादवको टिप्पणीः ओली र ठाकुर समूह सत्ताच्यूत भएर जनतामा नांगिए

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र ठाकुर समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन्।

दल विभाजन अध्यादेशले तरंगित मधेस

जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले दल विभाजन कानुनको उपयोग गर्दै नयाँ दल दर्ताका लागि निवदेन दिएका छन्।

उपेन्द्रको आधिकारिकता सदर

‘आधिकारिकताका सम्बन्धमा दुवै पक्षका दाबी सुनुवाइ गरी केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति र सनाखतसमेत लिई आवश्यक संख्यामा कानुनबमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएकाले तत्काल निवेदकलाई अपूरणीय क्षति पुग्ने नदेखिएकाले अन्तरिम आदेश जारी गर्नुपरेन,’ सर्वोच्चले सोमबारको आदेशमा भनेको छ।

जसपा सातापछि सरकारमा

जसपाले सरकारमा सामेल हुने विषयमा पहिल्यै निर्णय गरिसकेको छ। पार्टीबाट सरकारमा कसकसलाई पठाउने भनी टुंगो लाउने जिम्मेवारी तीन शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई दिइएको छ।

अध्यक्षबाट हटाइए ठाकुर

निर्वाचन आयोगमा ‘हेडकाउन्ट’ हुँदा उपेन्द्र यादवलाई साथ दिएका कार्यकारिणी समितिका ३४ सदस्यलाई अद्यावधिक गरिएको सूचीमा राखिएको छ। हेडकाउन्ट हु्ँदा तटस्थ देखिएका रेशम चौधरीलाई पनि अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिमा राखेका छन्। हेडकाउन्टमा महन्थ ठाकुरको पक्षमा उभिएका १६ जना कार्यकारिणी सदस्यलाई सूचीबाट हटाइएको छ।

मधेस विरोधी आरोप चिर्ने दौडाहामा महन्थ पक्ष

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता प्राप्त उपेन्द्र यादव पक्ष संघमा सत्ता समीकरण मिलाउन काठमाडौंमा व्यस्त भइरहँदा ठाकुरसहित उनी पक्षीय नेता आफूहरूमाथि लागेको मधेस विरोधीलगायत आरोप चिर्न मधेस झरेका छन्।

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

मधेसमा शक्तिशाली बन्दै उपेन्द्र

धेरै बुद्धिजीवीले नेपालजस्तो सानो देशमा संघीयता आवश्यक नरहेको तर्क गरिरहँदा उपेन्द्र यादवको संघीयताप्रतिको अडान उस्तै छ, चट्टानी। उनको तर्क छ, भूगोल र जनसंख्या सानै भए पनि बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक, क्षेत्रीय विविधतायुक्त, साम्प्रदायिक बहुराष्ट्रियता भएका राज्यहरूमा व्यवस्थित र स्वस्थ राजनीतिक समाज निर्माण गर्न संघीयता निर्विकल्प चाहिन्छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

उपेन्द्र यादव पक्षलाईजनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा पुगेका छन्।

मन्त्री छान्न यादवलाई सकस

बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए। बुधबार पुनः बैठक बोलाइएको छ।

उपेन्द्र यादव पक्षले पायाे जसपाको आधिकारिकता

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्