५ आश्विन २०८१ शनिबार
image/svg+xml

गणतन्त्र दिवसः चार सय ३० को कैद मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन्।

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरीः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन्।

राजनीतिक समस्याको सही समाधान हुनेमा आशावादी छुः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन्।

राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपतिद्वारा चार सय ३० को कैद मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४औँ गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन्।

राष्ट्रपतिको निर्णयमा हतारो देखियो: गणतन्त्रअघिकी राष्ट्रपति

‘मलाई अरु केही थाहा छैन,’ शिला मैनाली (गणतन्त्रअघिकी राष्ट्रपति)ले भनिन्, ‘त्यो ठाउँमा म भएको भए प्रयाप्त रायँ/सल्लाह लिएर मात्र विघटन गर्ने /नगर्ने निर्णय लिन्थे।’ ‘यस्तो बेलामा जनता र मुलुकको हितमा निर्णय लिनु पर्ने हुन्छ,’ उनले थपिन्, ‘हतारोमा केही चुक भयो की भन्ने लाग्छ।

राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउन संविधानबमोजिम सरकार बनाउन समय दिँदा पनि राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमणभएकाे जिकिर गरेका छन्।

सरकार जोगाउन गणतन्त्रलाई नांगो बनाइयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकार जोगाउनका लागि भइरहेका क्रियाकलापले गणतन्त्रलाई नांगो बनाएको आरोप लगाएका छन्।

‘राजनीतिक संकटको कारक राष्ट्रपति र प्रधानमन्त्री’

सर्वपक्षीय बैठकमा सहभागी अधिकांश दलका नेताले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्रीको कदम र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप लगाएका हुन्।

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै होः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

गणतन्त्रमाथि प्रतिक्रान्तिकारीको हमला : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन अवस्थामा ‘जनुयद्ध’ लाई शान्तिपूर्ण राजनीतिको मार्गमा रुपान्तरण नगरेको भए आफूहरूको जित नहुने बताएका छन्। उनले माक्र्सवादलाई धर्मशास्त्र जस्तो बनाएको विश्व कम्युनिस्ट आन्दोलनले ठूलो क्षति भोगेको दाबी गर्दै नेपालमा त्यस्तो नहोस् भनेर आफूले ‘जनयुद्ध’ लाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गरेको बताएका हुन्।

जो गणतन्त्रका लागि हाँसीहाँसी फाँसी चढेका थिए

नेपालमा गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे । तर नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्‍यो । तर उनको परिवारलाई सरकारले सहिद परिवारसरहको सम्मान दिन सकेको छैन, पुराना राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘मधेस र मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो ।’

गणतन्त्र विरोधी ओली बकबक मात्रै गर्छन् : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओली गणतन्त्रवादी होइनन्। उनी न समयको गतिलाई बुझ्न सक्छन् न राम्रो काम गर्छन्। खालि अरूको बदख्वाइँमात्र गर्न जानेका छन्।’

काठमाडौंमा भारतीय गणतन्त्र दिवस मनाइयो

भारतको ७२औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ । काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको कार्यक्रम नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले झन्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएर सुरु गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्