१२ असार २०८१ बुधबार
image/svg+xml

काकीलाई विष खुवाएर हत्या गर्ने भतिजो २३ वर्षपछि पक्राउ

करिब २३ वर्षअघि खानामा विष हालेर काकी बुधनी देवीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई सोमवार पक्राउ गरेको हो।

धनुषामा भन्सार छलीका सामान बरामद

भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ।

आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पक्राउ

धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।

लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ

धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

जबर्जस्ती करणी र लागुऔषध मुद्दामा दुई वृद्ध पक्राउ

धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वता गाउँ बस्ने ५७ वर्षीय पल्ट मण्डल धानुक र सबैला नगरपालिका–२ का ६३ वर्षीय अशेश्वर पुर्वेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

बच्चा चोरी गरेको आरोपमा एक महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका बालकलाई धनुषा प्रहरीले १५ दिनपछि उद्धार गरेको छ। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका-४ बाट ३ वर्षीय बालक सोहन चौधरीलाई उद्धार गरेको हो।

महोत्तरी सिमानामा ६ वर्षीय बालकको शव फेला

धनुषा महोत्तरीको सिमानामा एक बालकको शव फेला परेको छ। सोमबार बेलुका ७ बजे जनकपुर उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ बसविट्टीस्थित दुधमती नदीको छेउमा रहेको कुलोमा अन्दाजी ६ वर्षीय बालकको शव फेला परेको धनुषा प्रहरी प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्