२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ। शुक्रबार सुरु भएको बैठक नेताहरूले बोल्न क्रम जारी रहेकाले शनिबार बिहान पुनः बस्ने गरी स्थगित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ।

नेकपा एसकाे संसदीय दलको बैठक बस्दै

बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ। बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन्।

आफूमाथि भ्रष्टाचारको अनुसन्धान गर्न खनालको चुनौती

पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको अनुसन्धान आफैंबाट गर्न माग गरेका छन्।

डा. भुसालको नेतृत्वमा नेकपा एस सरकारमा जाने, गृह मन्त्रालय नपाउने पक्का

सत्ता गठबन्धन दलमध्येको एक नेकपा एकीकृत समाजवादी गृह मन्त्रालय बिना नै सरकारमा सामेल हुने भएको छ ।

गृहसहित तीन मन्त्रालयमा नेकपा एसको दाबी

गृह, अर्थजस्ता ठूला मन्त्रालय कुन दलले सम्हाल्ने भन्ने विवाद भइरहेका बेला नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गरेको छ।

पूर्व स्वास्थ्यमन्त्री खतिवडाका सल्लाहकार डा. ढकालसहित काठमाडौंका २१ जिल्ला सदस्यले परित्याग गरे नेकपा एस

नेकपा एसका काठमाडौं जिल्ला सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री बिरोध खतिवडाका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकालसहित २१ जना जना जिल्ला सदस्यले नेकपा एस परित्याग गरेका छन्।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा काँग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो।

नेकपा एसको सचिवालय बैठक सुरु

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको हो।

नेकपा एस संगठन निर्माणमा लाग्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) संगठन निर्माणको महाभियानमा जुट्ने भएको छ।

रास्वपाकाे संसदीय दलको नेतामा चुनिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

रास्वपाले टुंग्यायो १३ समानुपातिक सांसद, को-को परे ?

शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो। प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ।

मन्त्री पाउने आशमा मनाङेको पार्टी प्रवेश

नयाँ बन्ने सरकारमा आफू निर्णायक नहुँदा मन्त्री बन्ने अवस्था नदेखेपछि गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले मन्त्री बन्न नयाँ जुक्ति लगाए। पाँच दलीय गठबन्धनको सरकार बन्ने पक्का भएपछि उनी नेकपा एसमा प्रवेश गरेर मन्त्री बन्ने लाईनमा उभिएका हुन्।

एमालेले गरेका कामको जस लिने कोसिस

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान जारी भएपछि संविधान उल्लंघन गरेको र जनतालाई कुठाराघात गरेकै कारण प्राप्त उपलब्धि गुम्ने खतरा रहेको तर त्यसलाई आफ्नो पार्टीले रक्षा गर्ने प्रतिबद्धता नेकपा एसले गरेको हो।

‘अब चुनाव एक्लै लडौं’

एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्